-
व्यवस्था २८:५२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५२ तिनीहरूले तिमीहरूका सहरहरूलाई घेराबन्दी गर्नेछन्। तिमीहरूले आफ्नो भरोसा बनाएका अग्ला पर्खालहरू नढलेसम्म तिनीहरूले तिमीहरूलाई सहरहरूभित्रै थुनिदिनेछन्। हो, यहोवा परमेश्वरले तिमीहरूलाई दिनुभएको देशका सबै सहरमा तिनीहरूले तिमीहरूलाई बन्दी बनाउनेछन्।+
-
-
यसैया २९:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ म तिम्रो वरिपरि छाउनी हाल्नेछु।
म तिखातिखा बारले तिमीविरुद्ध घेरा हाल्नेछु।
तिमीलाई घेरा हाल्न पर्खाल ठड्याउनेछु।+
-
-
इजकिएल २१:२१, २२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ दोबाटोमा पुगेपछि बेबिलोनका राजाले जोखना हेर्नेछन्। तिनले काँड छान्न ठोक्रो हल्लाउनेछन्, आफ्ना देवताहरूसित* सोधपुछ गर्नेछन् र कलेजोमा हेर्नेछन्।* २२ जोखना हेर्दा तिनको दायाँ हातले यरुसलेमतिर जाने सङ्केत दिनेछ। त्यसपछि बख्तरबन्द गाडीहरू तयार पार्न, मृत्युको घोषणा गर्न, युद्धको बिगुल फुक्न, मूलढोकाहरू भत्काउनको लागि बख्तरबन्द गाडी तयार पार्न, घेरा-मचान* बनाउन र यरुसलेमलाई घेरा हाल्न तिनी अघि बढ्नेछन्।+
-