-
१ राजा ७:१५-२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ उनले तामा ढालेर दुई वटा खम्बा बनाए।+ हरेक खम्बाको उचाइ १८ हात र गोलाइ १२ हात थियो।*+ १६ उनले तामा ढालेर दुई वटै खम्बाको शिर पनि बनाए। दुई वटै खम्बाको शिरको उचाइ पाँच-पाँच हात थियो। १७ दुई वटै खम्बाको शिरमा जाली थिए र त्यसलाई डोरीजस्तै गरी बटारिएका ससाना सिक्रीहरूले सजाइएका थिए।+ ती दुवै खम्बाको शिरमा सात-सात वटा जाली थिए। १८ खम्बाको शिरलाई सजाउन उनले जालीको वरिपरि दुई लहर अनारका आकृतिहरू पनि बनाए। दुवै खम्बाको शिरलाई उनले यसरी नै सजाए। १९ शिरको टुप्पोचाहिँ लिली फूलको आकारको थियो, जसको उचाइ चार हात थियो। २० दुई वटै खम्बाको शिरको तल्लो भाग भुक्क उठेको थियो र त्यसमा बटारिएका सिक्रीहरूले सजाइएका जालीहरू थिए। अनि प्रत्येक शिरको वरिपरि २०० वटा अनारका आकृतिहरू थिए।+
-