-
व्यवस्था २९:२४, २५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ यो देखेपछि तिमीहरूका सन्तान, विदेशीहरू र सबै जातिले यस्तो प्रश्न सोध्नेछन्, ‘यहोवा परमेश्वरले यस देशको हालत किन यस्तो बनाउनुभयो?+ यस देशमाथि उहाँको यस्तो भयानक क्रोध किन दन्कियो?’ २५ तब मानिसहरूले भन्नेछन्, ‘तिनीहरूलाई मिश्रबाट छुटाएर ल्याउँदा तिनीहरूका पुर्खाका परमेश्वर यहोवाले गर्नुभएको करार तिनीहरूले तोडेकोले यस्तो भएको हो।+
-
-
२ इतिहास ७:२१, २२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ यो भवन तहसनहस हुनेछ। यसको छेउबाट भएर जानेजति सबैले तीनछक परेर यसलाई हेर्नेछन्+ र यसो भन्नेछन्, ‘यहोवा परमेश्वरले यो देश र यस भवनको किन यस्तो हालत बनाउनुभयो?’+ २२ अनि उनीहरूले भन्नेछन्, ‘तिनीहरूले आफ्ना पितापुर्खालाई मिश्रबाट छुटाएर ल्याउनुहुने+ परमेश्वर यहोवालाई त्यागे+ अनि अरू देवीदेवताको पछि लागेर उनीहरूलाई दण्डवत् गरे र पुजे।+ त्यसैले उहाँले यी सबै विपत्ति तिनीहरूमाथि ल्याउनुभयो।’”+
-