प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल ४:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यसैले पलिस्तियालीहरूले इस्राएलीहरूसित लडाइँ गरे र उनीहरूलाई हराए।+ त्यसपछि इस्राएलीहरू भागेर आ-आफ्नो पालमा गए। त्यो दिन लडाइँमा थुप्रै इस्राएली मारिए; इस्राएलीहरूका ३० हजार पैदल सिपाहीले ज्यान गुमाए। ११ त्यति मात्र होइन, परमेश्‍वरको सन्दुक कब्जा गरियो अनि एलिका दुई छोरा होप्नि र पिनहास पनि मारिए।+

  • २ राजा २५:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ पाँचौँ महिनाको सातौँ दिन अर्थात्‌ बेबिलोनका राजा नबुकद्‌नेजरको शासनकालको १९ औँ वर्षमा तिनका सेवक—पहरेदारहरूका कप्तान नबुजरदान+ यरुसलेम आए।+ ९ तिनले यहोवा परमेश्‍वरको भवन,+ राजमहल+ र यरुसलेमका सबै घरमा+ आगो लगाइदिए। तिनले सहरका सबै गण्यमान्य मानिसको घरमा पनि आगो लगाइदिए।+

  • भजन ७८:६०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६० आखिर उहाँले सिलोमा भएको वासस्थान* त्याग्नुभयो,+

      त्यो पाल त्याग्नुभयो, जहाँ उहाँ मानिसहरूमाझ बास गर्नुहुन्थ्यो।+

  • यर्मिया २६:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तिनीहरूलाई भन: “यहोवा यसो भन्‍नुहुन्छ, ‘यदि तिमीहरूले मेरो कुरा बेवास्ता गर्दै मैले दिएको नियम* पालन गरेनौ

  • यर्मिया २६:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ म यो भवनको हालत सिलोको जस्तै बनाइदिनेछु+ अनि यस सहरलाई नाश गर्नेछु र पृथ्वीका सबै जातिले अरूलाई सराप्नुपर्दा यस सहरको उदाहरण दिँदै सराप्नेछन्‌।’”’”+

  • विलाप २:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ यहोवाले आफ्नो वेदीलाई त्याग्नुभएको छ;

      उहाँले आफ्नो पवित्र स्थानलाई* लत्याउनुभएको छ।+

      उहाँले त्यहाँका बलिया पर्खालहरू शत्रुको हातमा सुम्पनुभएको छ।+

      तिनीहरूले यहोवाको घरमा चाडको दिनमा जस्तै ठूलो स्वरले रमाहट गरेका छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने