१३ यरुसलेमका घरहरू अनि यहुदाका राजाहरूका महलहरू तोफेथजस्तै अशुद्ध हुनेछन्।+ हो, जुन-जुन घरका छतमा तिनीहरूले आकाशका सारा सेनाका लागि* बलि चढाए+ र अरू देवताहरूका लागि मद्यभेटी चढाए,+ ती सबै अशुद्ध हुनेछन्।’”
२८ तिनीहरूलाई दिन्छु भनेर शपथ खाएको देशमा मैले तिनीहरूलाई ल्याएँ।+ तर जब तिनीहरूले अग्ला-अग्ला डाँडा र झ्याम्म परेका रूखहरू देखे,+ तब त्यहाँ बलि चढाउन थाले र घिनलाग्दा भेटीहरू चढाए। मीठो बास्ना आउने बलि र मद्यभेटी* पनि चढाए।