प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ४:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ अनि तिमीहरूले आकाशमा सूर्य, चन्द्र र ताराहरू देख्दा आकाशका सारा सेनादेखि* आकर्षित भएर तिनीहरूलाई नढोग्नू र नपुज्नू।+ यहोवा तिमीहरूका परमेश्‍वरले आकाशमुनि भएका सबै मानिसको निम्ति यी दिनुभएको हो।

  • २ राजा १७:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तिनीहरूले तिनीहरूका परमेश्‍वर यहोवाले दिनुभएका सबै आज्ञा बारम्बार तोडे। तिनीहरूले धातुका दुई वटा बाछाको मूर्ति बनाए*+ र पवित्र खामो+ ठड्‌याए। तिनीहरू आकाशका सारा सेनासामु* घोप्टो परे+ र बाआलको उपासना गरे।+

  • २ राजा २१:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ राजा हुँदा मनस्से+ १२ वर्षका थिए र तिनले यरुसलेममा ५५ वर्ष शासन गरे।+ तिनकी आमाको नाम हेफ्जिबाह थियो।

  • २ राजा २१:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिनले आफ्ना बुबा हिजकियाहले नष्ट गरेका+ अग्ला थानहरू* फेरि बनाए। तिनले इस्राएलका राजा आहाबले जस्तै पवित्र खामो*+ ठड्‌याए र बाआलका निम्ति वेदीहरू बनाए।+ तिनी आकाशका सारा सेनासामु* घोप्टो परे र त्यसलाई पुजे।+

  • यर्मिया १९:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यरुसलेमका घरहरू अनि यहुदाका राजाहरूका महलहरू तोफेथजस्तै अशुद्ध हुनेछन्‌।+ हो, जुन-जुन घरका छतमा तिनीहरूले आकाशका सारा सेनाका लागि* बलि चढाए+ र अरू देवताहरूका लागि मद्यभेटी चढाए,+ ती सबै अशुद्ध हुनेछन्‌।’”

  • इजकिएल ८:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ त्यसैले उहाँले मलाई यहोवाको मन्दिरको भित्री चोकमा पुऱ्‍याउनुभयो।+ त्यहाँ यहोवाको मन्दिरको ढोकामा वेदी र दलानको बीचमा २५ जनाजति पुरुष आफ्नो ढाड यहोवाको मन्दिरतिर अनि आफ्नो अनुहारचाहिँ पूर्वतिर फर्काएर उभिरहेका थिए। तिनीहरूले पूर्वतिर सूर्यलाई ढोगिरहेका थिए।+

  • सपन्याह १:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ “म यहुदाविरुद्ध र यरुसलेमका सबै बासिन्दाविरुद्ध

      आफ्नो हात पसार्नेछु,

      यस ठाउँबाट बाआलको+ नामोनिसान मेटिदिनेछु

      अनि पुजारीहरूको र विदेशी देवीदेवताका पुजारीहरूको नामै रहनेछैन।+

       ५ छतमा गएर आकाशका सेनालाई दण्डवत्‌ गर्ने सबैलाई+

      अनि एकातिर यहोवालाई दण्डवत्‌ गर्दै उहाँप्रति वफादार रहने कसम खाने+

      र अर्कोतिर मल्कामप्रति वफादार रहने कसम खाने+ सबैलाई नाश गर्नेछु।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने