-
व्यवस्था ८:१२-१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ जब तिमीहरू खाएर सन्तुष्ट हुनेछौ अनि राम्रा-राम्रा घरहरू बनाएर बस्नेछौ,+ १३ तिमीहरूका भेडाबाख्रा र गाईवस्तु धेरै हुनेछन्, सुनचाँदी प्रशस्तै हुनेछन् अनि सबै थोक छेलोखेलो हुनेछ, १४ तब तिमीहरू घमन्डले नफुल्नू+ अनि यहोवा तिमीहरूका परमेश्वरलाई नभुल्नू। किनभने उहाँले तिमीहरूलाई दासत्वको घर—मिश्रबाट छुटाएर ल्याउनुभयो।+
-
-
व्यवस्था ८:१७, १८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ तिमीहरू मनमनै यस्तो सोचौला, ‘मेरो आफ्नै पौरखले, मेरो आफ्नै हातको शक्तिले आज यत्रो धनसम्पत्ति कमाएँ।’+ १८ तर नबिर्स, तिमीहरूलाई धनसम्पत्ति कमाउन सक्ने शक्ति दिनुहुने यहोवा तिमीहरूका परमेश्वर नै हुनुहुन्छ।+ उहाँले तिमीहरूका पितापुर्खासित कसम खाएर गरेको करार पूरा गर्न यसो गर्नुभएको हो र यो कुरा आज तिमीहरू आफैले देखेका छौ।+
-