-
२ राजा १७:६, ७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ होसियाको शासनकालको नवौँ वर्षमा अस्सेरियाका राजाले सामरियालाई+ कब्जा गरे। त्यसपछि उनले इस्राएलीहरूलाई बन्दी बनाएर अस्सेरिया लगे+ अनि तिनीहरूलाई हलहमा, गोजान+ नदीनजिकै पर्ने हबोरमा र मादीहरूका सहरहरूमा राखे।+
७ इस्राएलीहरूले आफ्ना परमेश्वर यहोवाको आज्ञा पालन नगरेर पाप गरेको हुनाले यो सब भएको थियो। उहाँले नै तिनीहरूलाई मिश्रका फारोको* हातबाट छुटाएर ल्याउनुभएको थियो।+ तर तिनीहरूले अरू देवीदेवतालाई पुजे।*+
-