-
यर्मिया ५:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ अनि तिनीहरूले तिमीलाई ‘यहोवा हाम्रा परमेश्वरले हामीलाई किन यस्तो गर्नुभएको’ भनेर सोधे भने यसो भन्नू, ‘तिमीहरूले आफ्नै देशमा विदेशी देवतालाई पुज्न मलाई त्याग्यौ। त्यसैले अब तिमीहरूले अर्काको देशमा गएर विदेशीहरूको सेवा गर्नुपर्नेछ।’”+
-
-
यर्मिया १६:१०, ११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० “तिमीले मानिसहरूलाई यो कुरा सुनाएपछि तिनीहरूले सोध्नेछन्, ‘यहोवाले हामीविरुद्ध यत्ति ठूलो विपत्ति ल्याउँछु भनेर किन भन्नुभयो? हामीले यहोवा हाम्रा परमेश्वरविरुद्ध के गल्ती गऱ्यौँ, के पाप गऱ्यौँ?’+ ११ त्यतिबेला तिमीले तिनीहरूलाई यस्तो जवाफ दिनू, ‘यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “तिमीहरूका पितापुर्खाले मलाई त्यागे।+ तिनीहरू अरू देवताको पछि लागिरहे, तिनलाई पुजिरहे अनि दण्डवत् गरिरहे।+ तिनीहरूले मलाई त्यागेर मेरा नियमहरू उल्लङ्घन गरे।+
-