२७ तिनीहरूको भलो गर्नलाई होइन तर तिनीहरूमाथि विपत्ति ल्याउनलाई मैले तिनीहरूमाथि आफ्नो नजर लगाएको छु।+ मिश्रमा बसिरहेका यहुदाका सबै मानिस नाश नहोउन्जेल तिनीहरूलाई तरबार र अनिकालले छोड्नेछैन।+
१२ तिमीहरूमध्ये एक तिहाइ महामारीले* वा अनिकालले मर्नेछौ। अर्को एक तिहाइ तरबारले काटिनेछौ।+ अनि बाँकी रहेको एक तिहाइलाई म चारैतिर तितरबितर पार्नेछु र तिनीहरूलाई तरबार थुतेर लखेट्नेछु।+