प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ३०:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ फारोले दिने सुरक्षामा* आड लिन

      अनि मिश्रको छत्रछायामा शरण लिन

      तिनीहरू मलाई सोध्दै नसोधी+ मिश्र जान्छन्‌।+

  • यसैया ३१:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ मिश्रमा झरेर गुहार माग्नेहरूलाई धिक्कार छ,+

      जो घोडाहरूमा भर पर्छन्‌,+

      जो युद्धका रथहरूमा भरोसा गर्छन्‌ किनकि ती अनगिन्ती छन्‌

      अनि युद्धका घोडाहरूको* मुख ताक्छन्‌ किनकि ती शक्‍तिशाली छन्‌।

      तर इस्राएलका पवित्र परमेश्‍वरको बाटो हेर्दैनन्‌

      र यहोवाको खोजी गर्दैनन्‌।

  • विलाप ५:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ पेट भर्नको लागि हामीले मिश्रीहरू+ र अस्सेरियालीहरूसामु+ हात फैलाउनुपरेको छ।

  • इजकिएल १६:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ तैँले आफ्ना कामातुर छिमेकी मिश्रका* छोराहरूसित पनि वेश्‍यागमन गरिस्‌।+ तैँले कति जनासित वेश्‍यागमन गरिस्‌, गनेर साध्य छैन। यस्तो घिनलाग्दो काम गरेर तैँले मलाई रिस उठाइस्‌।

  • इजकिएल १७:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तर पछि यरुसलेमका राजाले विद्रोह गरे।+ तिनले मिश्रमा सन्देशवाहकहरू पठाएर युद्धको निम्ति घोडाहरू+ र विशाल सेना+ मगाए। तर तिनी सफल होलान्‌ र? यस्तो काम गर्नेले सजाय पाउँदैन र? आफूले गरेको करार तोडेर के तिनी उम्कन सक्लान्‌ र?’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने