१२ मिश्र गएर त्यहीँ बस्ने निश्चय गरेका यहुदाका बाँकी सबै मानिस मिश्रमै नाश हुनेछन्।+ तिनीहरू तरबारले काटिनेछन् र अनिकालले मर्नेछन्। सानादेखि ठूला सबै जना तरबार र अनिकालले मर्नेछन्। तिनीहरू श्रापित हुनेछन्, तिनीहरूलाई देख्नेजति सबै डरले थरथर काँप्नेछन् र उनीहरूले तिनीहरूको निन्दा गर्नेछन्।+
१७ जब युद्धको बेला धेरैको ज्यान लिन यरुसलेमवरिपरि पर्खाल र घेरा-मचानहरू* बनाइनेछ, तब फारोको* शक्तिशाली र असङ्ख्य सेनाले पनि केही गर्न सक्नेछैन।+१८ राजाले शपथलाई तुच्छ ठाने र करार तोडे। तिनले वचन दिएर पनि त्यो पूरा गरेनन्। तिनी त्यसै उम्कनेछैनन्।”’