-
१ राजा ८:३३, ३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ “यदि तपाईँको प्रजा इस्राएलीहरूले तपाईँको आज्ञा तोडेर पाप गरिरहेको कारण तिनीहरू आफ्ना शत्रुहरूसित लडाइँमा हारे+ तर पछि तिनीहरू तपाईँकहाँ फर्केर आए र तपाईँको नामको महिमा गरे+ अनि तिनीहरूले तपाईँको भवनमा आएर प्रार्थना गरे र दयाको भीख मागे भने+ ३४ स्वर्गबाट तिनीहरूको बिन्ती सुन्नुहोस् र आफ्नो प्रजा इस्राएलीहरूको पाप क्षमा गरिदिनुहोस् अनि तिनीहरूको पितापुर्खालाई दिनुभएको देशमा तिनीहरूलाई फर्काएर ल्याउनुहोस्।+
-
-
यर्मिया ७:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “तिमीहरूको चालचलन राम्रो बनाओ अनि आफ्नो काम सुधार। अनि मात्र म तिमीहरूलाई यो ठाउँमा बसिरहन दिनेछु।+
-
-
इजकिएल १८:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ “‘यदि कुनै दुष्ट मानिसले आफ्नो दुष्ट काम त्याग्छ अनि मेरा विधिविधान पालन गर्छ र न्यायसङ्गत अनि सही काम गर्छ भने ऊ पक्कै बाँच्नेछ, ऊ मर्नेछैन।+
-