-
२ इतिहास ३६:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ राजा हुँदा यहोयाकिन+ १८ वर्षका थिए र उनले यरुसलेममा तीन महिना दस दिन शासन गरे। उनले यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+ १० वर्षको सुरुमा* राजा नबुकद्नेजरले यहोयाकिनलाई पक्रेर बेबिलोन ल्याउन+ आफ्ना सेवकहरू पठाए। उनले आफ्ना सेवकहरूलाई यहोवा परमेश्वरको भवनमा भएका बहुमूल्य सरसामान पनि ल्याउन लगाए।+ त्यसपछि उनले यहोयाकिनका काका सिदकियाहलाई यहुदा र यरुसलेममाथि राजा नियुक्त गरे।+
-
-
यर्मिया २९:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ नबुकद्नेजरले यरुसलेमबाट कैदी बनाएर बेबिलोनमा लगेका मानिसहरूमाझ बाँकी रहेका नाइकेहरू, पुजारीहरू, भविष्यवक्ताहरू अनि सबै मानिसलाई भविष्यवक्ता यर्मियाले यरुसलेमबाट चिठी लेखे। २ ती मानिसहरूलाई बेबिलोन लगिँदा राजा येकोनिया,+ राजमाता,+ दरबारका अफिसरहरू, यहुदा र यरुसलेमका शासकहरू, कालिगडहरू र धातुको काम गर्नेहरूलाई* यरुसलेमबाट लगिसकिएको थियो।+
-