प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १७:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यहोवा परमेश्‍वरले इस्राएल र यहुदालाई बारम्बार आफ्ना भविष्यवक्‍ता र दर्शीहरूमार्फत*+ यस्तो चेतावनी पनि दिनुभएको थियो: “तिमीहरू दुष्ट काम गर्न छोडिदेओ!+ अनि व्यवस्थाका सबै आज्ञा तथा विधिविधान, जुन मैले तिमीहरूका पितापुर्खालाई दिएको थिएँ र मेरा भविष्यवक्‍ताहरूमार्फत तिमीहरूलाई बताएको थिएँ, ती सबै पालन गर।”

  • यसैया ५५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ दुष्ट मानिसले आफ्नो दुष्ट चाल त्यागोस्‌;+

      खराब काम गर्नेले आफ्नो खराब विचार त्यागोस्‌।

      ऊ यहोवाकहाँ फर्कोस्‌ र उहाँले उसलाई कृपा देखाउनुहुनेछ।+

      ऊ हाम्रा परमेश्‍वरकहाँ आओस्‌ किनकि उहाँले उसलाई खुला मनले क्षमा गर्नुहुनेछ।”+

  • यर्मिया १८:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ “अब यहुदा र यरुसलेमका बासिन्दाहरूलाई यसो भन, ‘यहोवा यसो भन्‍नुहुन्छ, “म तिमीहरूमाथि विपत्ति ल्याउने तयारी गर्दै छु; तिमीहरूविरुद्ध मैले एउटा युक्‍ति रचेको छु।” त्यसैले उहाँ यस्तो आग्रह गर्नुहुन्छ, “गलत मार्ग त्याग र आफ्नो तौरतरिका अनि चालचलन सुधार।”’”+

  • यर्मिया ३५:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ अनि मैले तिमीहरूकहाँ मेरा सबै दासलाई अर्थात्‌ भविष्यवक्‍ताहरूलाई पटक-पटक पठाएँ+ र यस्तो आग्रह गर्न लगाएँ: ‘फर्क! तिमीहरू प्रत्येकले आफ्नो दुष्ट चाल त्याग।+ जे सही छ, त्यही गर। अरू देवताको पछि नलाग, तिनीहरूको पूजा नगर। तब मात्र तिमीहरू मैले तिमीहरूका पुर्खालाई दिएको यस देशमा बसिरहन पाउनेछौ।’+ तर तिमीहरूले मेरो कुरा सुनेनौ, मेरो कुरा सुन्‍न कान थापेनौ।

  • इजकिएल १८:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० “ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ: ‘हे इस्राएलको घराना, म तिमीहरू प्रत्येकको काम हेरेर इन्साफ गर्नेछु।+ त्यसैले गल्ती गर्न छोड, दुष्ट काम गर्न चटक्कै छोडिहाल। नत्र त ती दुष्ट कामले गर्दा तिमीहरूले ठेस खानेछौ र तिमीहरू दोषी ठहरिनेछौ।

  • इजकिएल ३३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तिनीहरूलाई भन्‍नू, ‘ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, “म आफ्नै कसम खाएर भन्छु, दुष्ट मर्दा म खुसी हुन्‍नँ+ बरु त्यसले कुकर्म त्यागेर+ बाँचेको म चाहन्छु।+ त्यसैले फर्क, कुकर्म त्यागेर आऊ।+ हे इस्राएलको घराना, तिमीहरू व्यर्थैमा किन मर्छौ?”’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने