प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ५१:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ बेबिलोन यहोवाको हातमा सुनको कचौराबराबर थियो।

      त्यसले पूरै पृथ्वीलाई मात्तिनेगरि पिउन लगायो।

      राष्ट्रहरूले त्यसको रक्सी पिएका छन्‌।+

      त्यसैले तिनीहरू बौलाएका छन्‌।+

  • विलाप ४:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ हे उज देशमा बस्ने एदोमकी छोरी, रमाऊ र खुसी होऊ!+

      तर पिउनको लागि तिमीलाई पनि प्याला दिइनेछ;+ पिएर तिमी मात्तिनेछ्यौ र तिम्रो नग्नता देखिनेछ।+

  • इजकिएल २३:३२-३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ:

      ‘तैँले तेरी दिदीले पिएको गहिरो र ठूलो कचौराबाट पिउनेछेस्‌;+

      तँ खिसीको पात्र हुनेछेस्‌ र तँलाई हाँसोमा उडाइनेछ किनकि यस्तै कुराले त्यो कचौरा भरिएको छ।+

      ३३ तैँले तेरी दिदी सामरियाको कचौराबाट पिउनेछेस्‌;

      तँ मात्तिनेछेस्‌ र शोकमा डुब्नेछेस्‌;

      तँलाई देखेर मानिसहरू छक्क पर्नेछन्‌ र तँ एक्लो अनि उजाड हुनेछेस्‌।

      ३४ तैँले माटोको त्यो कचौराबाट पिउनेछेस्‌, तैँले त्यसलाई सिनित्तै पार्नेछेस्‌+ र कचौराका टुक्राहरूसमेत चपाउनेछेस्‌;

      शोकाकुल भएर आफ्ना स्तनहरू काट्‌नेछेस्‌;

      “किनकि म आफैले यसो भनेको हुँ,” ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।’

  • नहुम ३:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ तँलाई देख्ने सबै तँबाट भाग्नेछन्‌+ र यसो भन्‍नेछन्‌,

      ‘निनवे ध्वस्त भएको छ!

      त्यसको लागि कसले बिलौना गर्ला र?’

      तँलाई सान्त्वना दिनेहरू म कहाँ भेट्टाऊँ?

  • नहुम ३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ अनि तँ पिएर मात्तिने पनि छेस्‌;+

      तँ लुक्नेछेस्‌,

      शत्रुबाट बच्न शरण खोज्नेछेस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने