प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २१:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ मनस्सेले यहुदालाई यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गर्न लगाएर पाप गरे। त्यति मात्र नभई तिनले यरुसलेमको एक छेउदेखि अर्को छेउसम्मै निर्दोष मानिसहरूको रगत बगाए।+

  • भजन १०६:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ तिनीहरूले निर्दोषहरूको रगत बगाउन छोडेनन्‌,+

      तिनीहरूले आफ्नै छोराछोरीको रगत बगाए,

      जसलाई तिनीहरूले कनानका मूर्तिहरूका निम्ति बलि चढाए।+

      अनि तिनीहरूले बगाएको रगतले देश दूषित भयो।

  • यसैया १०:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० धिक्कार छ तिनीहरूलाई, जो अरूको हानि हुने नियमहरू बनाउँछन्‌;+

      जो सधैँ मानिसहरूलाई दमन गर्न उर्दी जारी गर्छन्‌।

       २ तिनीहरूले गर्दा गरिबहरूको मुद्दाको सुनुवाइ हुँदैन;

      थिचोमिचोमा परेका मेरा मानिसहरूले न्याय पाउँदैनन्‌।+

      तिनीहरू विधवाहरूलाई लुट्‌छन्‌

      र अनाथहरूलाई* लुटको माल सम्झन्छन्‌।+

  • मत्ति २३:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ धर्मी मानिसहरूमध्ये पृथ्वीमा ज-जसको रगत बगाइयो, ती सबैको दोष तिमीहरूमाथि आइपरोस्‌—धर्मी मानिस हाबिलदेखि+ बरखियाको छोरा जकरियाको रगतसम्म, जसको तिमीहरूले मन्दिर र वेदीको बीचमा हत्या गरेका थियौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने