प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ३६:२०, २१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० उनले तरबारबाट बचेकाहरूलाई चाहिँ बन्दी बनाएर बेबिलोन लगे।+ फारसी राज्य शक्‍तिमा नआएसम्म+ ती मानिसहरू नबुकद्‌नेजर र उनका छोराहरूका सेवक भएर बस्नुपऱ्‍यो।+ २१ यहोवा परमेश्‍वरले यर्मियामार्फत+ भन्‍नुभएको कुरा पूरा होस्‌ अनि देशले पहिला मनाउन नपाएको विश्रामदिन* मनाउन सकोस्‌+ भनेर यी सब भएको थियो। देश ७० वर्षसम्म उजाड रहुन्जेल त्यसले विश्रामदिन मनायो।+

  • एज्रा १:१-३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १ यहोवा परमेश्‍वरले यर्मियामार्फत भन्‍नुभएको कुरा पूरा होस्‌ भनेर+ फारसका राजा कोरेसको शासनकालको पहिलो वर्षमा+ यहोवाले तिनको मनलाई उत्प्रेरित गर्नुभयो र तिनले आफ्नो राज्यभरि एउटा घोषणा गरे अनि त्यसलाई लेख्न पनि लगाए।+ त्यो घोषणा यस्तो थियो:

      २ “फारसका राजा कोरेस यसो भन्‍नुहुन्छ, ‘स्वर्गका परमेश्‍वर यहोवाले मलाई पृथ्वीका सबै राज्य दिनुभएको छ+ अनि उहाँको निम्ति यहुदाको यरुसलेममा एउटा भवन बनाउने आदेश पनि दिनुभएको छ।+ ३ तिमीहरूमध्ये जो-जो उहाँका सेवकहरू हौ, तिमीहरू यहुदाको यरुसलेम जाओ; तिमीहरूका परमेश्‍वर तिमीहरूसँग रहून्‌। उहाँ नै साँचो परमेश्‍वर हुनुहुन्छ, जसको भवन यरुसलेममा थियो।* यरुसलेम गएर इस्राएलका परमेश्‍वर यहोवाको भवन पुनर्निर्माण गर।

  • दानिएल ९:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तिनको शासनको पहिलो वर्षमा म दानिएलले पुस्तकहरूको* अध्ययन गरेर के थाह पाएँ भने यहोवा परमेश्‍वरले भविष्यवक्‍ता यर्मियालाई बताउनुभएअनुसारै यरुसलेम+ ७० वर्षसम्म उजाड रहनेछ।+

  • जकरिया १:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तब यहोवा परमेश्‍वरका स्वर्गदूतले भने: “हे सेनाहरूका यहोवा, तपाईँ कतिन्जेल यरुसलेमलाई र यहुदाका सहरहरूलाई कृपा देखाउनुहुन्‍न,+ जससित तपाईँ क्रोधित हुनुभएको ७० वर्ष भइसक्यो?”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने