प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ४:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ “तर तिमीहरूले त्यहाँ रहँदा यहोवा तिमीहरूका परमेश्‍वरलाई खोज्यौ अनि आफ्नो सारा हृदयले र सारा ज्यानले उहाँको खोजी गऱ्‍यौ भने+ तिमीहरूले पक्कै पनि उहाँलाई भेट्टाउनेछौ।+

  • व्यवस्था ३०:१-४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० “मैले तिमीहरूको अगाडि राखिदिएको आशिष्‌ र सरापबारे जे-जे भनेँ, ती सबै तिमीहरूमाथि पूरा हुनेछन्‌।+ अनि यहोवा परमेश्‍वरले तिमीहरूलाई जातिजातिमाझ तितरबितर पार्नुभएपछि+ तिमीहरूले ती सबै कुरा सम्झनेछौ।+ २ अनि तिमीहरू यहोवा आफ्ना परमेश्‍वरकहाँ फर्कनेछौ+ र मैले आज बताएका उहाँका सबै आज्ञा तिमीहरू र तिमीहरूका छोराहरूले आफ्नो सारा हृदयले र आफ्नो सारा ज्यानले पालन गर्नेछौ।+ ३ तब यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई कैदबाट छुटाएर ल्याउनुहुनेछ,+ तिमीहरूलाई कृपा देखाउनुहुनेछ+ अनि यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई जहाँ-जहाँ तितरबितर पार्नुभएको थियो, त्यहाँबाट फेरि जम्मा गरेर ल्याउनुहुनेछ।+ ४ तिमीहरू पृथ्वीको पल्लो छेउसम्म तितरबितर भए पनि यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई जम्मा गर्नुहुनेछ र फर्काएर ल्याउनुहुनेछ।+

  • १ राजा ८:४७, ४८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४७ अनि त्यहाँ लगिएपछि तिनीहरूलाई आफ्नो गल्तीको पछुतो भयो+ र आफूलाई बन्दी बनाउनेहरूको देशमा तिनीहरू तपाईँकहाँ फर्के+ अनि तपाईँको कृपाको लागि यसरी बिन्ती गरे:+ ‘हामीले पाप गऱ्‍यौँ, हामीले साह्रै दुष्ट काम गऱ्‍यौँ’+ ४८ अनि आफूलाई बन्दी बनाएर लगिएको देशमा छँदा तिनीहरू आफ्नो सारा हृदयले र सारा ज्यानले तपाईँकहाँ फर्के+ अनि तपाईँले तिनीहरूका पितापुर्खालाई दिनुभएको यस देशतर्फ, तपाईँले रोज्नुभएको यस सहरतर्फ र मैले तपाईँको नामको निम्ति बनाएको यस भवनतर्फ फर्केर प्रार्थना गरे भने+

  • यर्मिया २४:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ अनि तिनीहरूलाई म यहोवा हुँ भनेर चिन्‍न सक्ने हृदय दिनेछु।+ तिनीहरू मेरा मानिस हुनेछन्‌ र म तिनीहरूका परमेश्‍वर हुनेछु।+ किनकि तिनीहरू सारा हृदयले मतर्फ फर्कनेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने