३३ म तिमीहरूलाई तितरबितर पार्नेछु+ र तिमीहरूका शत्रुहरूले तरबार लिएर तिमीहरूलाई खेद्नेछन्;+ तिमीहरूको देश उजाड हुनेछ+ र तिमीहरूका सहरहरू तहसनहस हुनेछन्।
६४ “यहोवा परमेश्वरले तिमीहरूलाई पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म जातिजातिबीच तितरबितर पारिदिनुहुनेछ।+ त्यहाँ तिमीहरूका बाजेबराजुले समेत थाह नपाएका काठ र ढुङ्गाका देवताहरू तिमीहरूले पुज्नेछौ।+
९ म तिनीहरूमाथि विपत्ति ल्याउनेछु। त्यो देखेर पृथ्वीका सबै राज्य डरले थरथर हुनेछन्।+ अनि मैले तिनीहरूलाई तितरबितर पारेका ठाउँहरूमा+ मानिसहरूले तिनीहरूलाई ठट्टा अनि खिसीको पात्र बनाउनेछन्, तिनीहरूलाई सराप्नेछन्+ र तिनीहरूको नाममा उखान बनाउनेछन्।