-
यर्मिया २३:३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ “म ती भविष्यवक्ताहरूलाई सजाय दिनेछु, जो झूटा सपना सुनाएर धाक लगाउँछन् अनि झूट बोलेर मेरा मानिसहरूलाई बराल्छन्,” यहोवा घोषणा गर्नुहुन्छ।+
“तर मैले तिनीहरूलाई पठाएको होइनँ; मैले तिनीहरूलाई आज्ञा दिएको पनि छैनँ। त्यसैले तिनीहरूको सन्देशले यी मानिसहरूको पटक्कै भलो गर्नेछैन,”+ यहोवा घोषणा गर्नुहुन्छ।
-
-
यर्मिया २७:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ “‘“‘त्यसैले तिमीहरूका भविष्यवक्ताहरू, जोखना हेर्नेहरू, स्वप्नदर्शीहरू, जादुगरहरू र तान्त्रिकहरूले भनेका कुरामा ध्यान नदेऊ, जसले तिमीहरूलाई यसो भन्छन्: “तपाईँले बेबिलोनका राजाको सेवा कदापि गर्नुपर्नेछैन।”
-