प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २३:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ त्यसपछि तिनले यहुदाका सहरहरूबाट सबै पुजारीलाई बाहिर ल्याए अनि गेबादेखि+ बेर्सेबासम्मका+ अग्ला थानहरू, जहाँ पुजारीहरू माथिसम्मै धुवाँ उठ्‌नेगरि बलि चढाउने गर्थे, ती सबै ठाउँलाई अशुद्ध पारेर उपासना गर्नै नमिल्ने बनाइदिए। साथै तिनले सहरका अगुवा यहोसुको घरको ढोकाको छेउमा उपासनाको लागि बनाइएका अग्ला थानहरू पनि भत्काइदिए। ती थानहरू सहरको मूलढोकाबाट छिर्दा बायाँतिर पर्थे। ९ अग्ला थानहरूमा सेवा गर्ने पुजारीहरूलाई यरुसलेममा यहोवा परमेश्‍वरको वेदीमा सेवा गर्न दिइएन+ तर अन्य पुजारीहरूसँगै* अखमिरा* रोटी खान भने दिइयो।

  • २ इतिहास २९:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ राजा हुँदा हिजकियाह+ २५ वर्षका थिए र तिनले यरुसलेममा २९ वर्ष शासन गरे। तिनकी आमाको नाम अबियाह थियो। उनी जकरियाकी छोरी थिइन्‌।+

  • २ इतिहास २९:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तिनले उनीहरूलाई यसो भने: “हे लेवीहरू हो, मेरो कुरा सुन्‍नुहोस्‌। आफैलाई पवित्र पार्नुहोस्‌+ र आफ्ना पितापुर्खाका परमेश्‍वर यहोवाको भवनलाई पनि पवित्र पार्नुहोस्‌। यस पवित्र ठाउँबाट अशुद्ध चिजहरू हटाउनुहोस्‌।+

  • नहेम्याह ९:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ हाम्रा राजाहरू, अगुवाहरू, पुजारीहरू र हाम्रा पितापुर्खाले तपाईँको व्यवस्था पालन गरेनन्‌। तपाईँले तिनीहरूलाई जुन आज्ञाहरू दिनुभएको थियो र तिनीहरूलाई होसियार गराउन जे-जति सम्झौटाहरू* दिनुभएको थियो, त्यसमा तिनीहरूले ध्यान दिएनन्‌।

  • यर्मिया २३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “भविष्यवक्‍ताहरू र पुजारीहरू सबै भ्रष्ट भएका छन्‌।*+

      तिनीहरूले मेरै भवनमा दुष्ट काम गरेको मैले देखेको छु।+

  • इजकिएल ८:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ त्यसपछि उहाँले मलाई यसो भन्‍नुभयो: “हे मानिसको छोरा, आँखा उठाएर उत्तरतिर हेर।” अनि मैले आँखा उठाएर उत्तरतिर हेरेँ अनि वेदीको ढोकाको उत्तरतिर परमेश्‍वरलाई रिस उठाउने त्यो मूर्ति देखेँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने