-
गन्ती १५:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० तिमीहरूले आफ्नो पहिलो उब्जनीको खस्रो पीठोबाट सेल आकारको रोटी बनाएर भेटी चढाउनू।+ तिमीहरू खलाबाट ल्याइएको अन्न जसरी चढाउँछौ, यसलाई पनि त्यसरी नै चढाउनू।
-
-
नहेम्याह १०:३५-३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३५ हामी वर्षैपिच्छे आफ्नो खेतको पहिलो उब्जनी अनि हरेक किसिमका फलफूलको रूखको पहिलो फल यहोवा परमेश्वरको भवनमा ल्याउनेछौँ।+ ३६ साथै व्यवस्थामा लेखिएअनुसारै हामी आफ्नो अनि गाईवस्तु र भेडाबाख्राको पहिलो सन्तानलाई+ हाम्रा परमेश्वरको भवनमा सेवा गर्ने पुजारीहरूकहाँ ल्याउनेछौँ।+ ३७ अनि हामी परमेश्वरको भवनको भण्डारमा* राख्न आफ्नो उब्जनीबाट पहिलो फलको खस्रो पीठो,+ दानहरू, हरेक किसिमका रूखको फल,+ नयाँ मद्य र तेल+ पुजारीहरूकहाँ ल्याउनेछौँ।+ हामी आफ्नो उब्जनीको दशांश* लेवीहरूलाई दिनेछौँ + किनकि खेतीपाती गरिने सबै सहरबाट दशांश उठाउने उनीहरू नै हुन्।
-