प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४०:२०-२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० त्यसको तीन दिनपछि फारोको जन्मदिन थियो।+ त्यतिखेर तिनले एउटा ठूलो भोज लगाए र आफ्ना सबै सेवकलाई निम्तो दिए। फारोले मद्य टक्य्राउने मुख्य सेवक र मुख्य भान्सेलाई ती सबै सेवकसामु उभ्याए। २१ फारोले मद्य टक्य्राउने मुख्य सेवकलाई पहिलाकै काममा नियुक्‍त गरे र उनले पहिलेजस्तै फारोलाई मद्य टक्य्राउन थाले। २२ तर मुख्य भान्सेलाई भने फारोले झुन्ड्‌याइदिए। युसुफले सपनाको अर्थ जस्तो खोलिदिएका थिए, त्यस्तै भयो।+

  • मत्ति १४:६-१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तर हेरोदको जन्मदिनको बेला+ हेरोदियासकी छोरीले पाहुनाहरूको अगाडि नाचेर हेरोदलाई यत्ति प्रसन्‍न बनाइन्‌ कि+ ७ तिनले जे मागे पनि दिने प्रतिज्ञा गर्दै हेरोदले कसम खाए। ८ तब आफ्नी आमाले सिकाएअनुसार तिनले भनिन्‌: “बप्तिस्मा गराउने युहन्‍नाको टाउको किस्तीमा राखेर मलाई दिनुहोस्‌।”+ ९ तिनको कुरा सुनेर हेरोद दुःखी भए। तर पाहुनाहरूको अगाडि कसम खाइसकेको हुनाले उनले युहन्‍नाको टाउको त्यस केटीलाई दिन हुकुम गरे। १० उनले मानिसहरू पठाएर झ्यालखानामा युहन्‍नाको टाउको काट्‌न लगाए। ११ युहन्‍नाको टाउको किस्तीमा राखेर ल्याइयो अनि त्यस ठिटीलाई दिइयो र तिनले त्यो आफ्नी आमालाई दिइन्‌। १२ पछि युहन्‍नाका चेलाहरू आए अनि लास लगेर गाडे। त्यसपछि तिनीहरूले गएर येसुलाई खबर गरे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने