१२ तिनीहरूको कुरा सुनेर उहाँले भन्नुभयो: “निरोगीहरूलाई होइन तर रोगीहरूलाई वैद्यको* खाँचो पर्छ।+१३ त्यसैले जाओ र यसको अर्थ के हो, सिक: ‘म बलिदान होइन, कृपा चाहन्छु।’+ किनकि म धर्मीहरूलाई होइन तर पापीहरूलाई बोलाउन आएँ।”
३१ येसुले तिनीहरूलाई जवाफ दिनुभयो: “निरोगीहरूलाई होइन तर रोगीहरूलाई वैद्यको* खाँचो पर्छ।+३२ म धर्मीहरूलाई बोलाउन आएको होइनँ तर पापीहरूले पश्चात्ताप गरून् भनी उनीहरूलाई बोलाउन आएको हुँ।”+