प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ३१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • अग्लो देवदार मिश्रको पतन (१-१८)

इजकिएल ३१:२

मार्जिनल रेफरेन्स

  • +यर्मि ४६:२; इज २९:२

इजकिएल ३१:८

मार्जिनल रेफरेन्स

  • +उत्प २:८; इज २८:१२, १३

इजकिएल ३१:११

मार्जिनल रेफरेन्स

  • +इज ३०:१०, ११; हब १:६

इजकिएल ३१:१२

मार्जिनल रेफरेन्स

  • +इज ३२:५, ६

इजकिएल ३१:१३

मार्जिनल रेफरेन्स

  • +इज २९:५; ३२:४

इजकिएल ३१:१४

फुटनोट

  • *

    वा “चिहानमा।”

इजकिएल ३१:१५

फुटनोट

  • *

    हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

इजकिएल ३१:१६

फुटनोट

  • *

    वा “चिहानमा।” हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +इज ३१:९

इजकिएल ३१:१७

फुटनोट

  • *

    हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

  • *

    शा., “पाखुरा।”

मार्जिनल रेफरेन्स

  • +इज ३२:१८, २०
  • +इज ३०:६; ३२:३१

इजकिएल ३१:१८

फुटनोट

  • *

    शब्दावलीमा “खतना” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +इज ३१:९; ३२:१९

अरू

इज. ३१:२यर्मि ४६:२; इज २९:२
इज. ३१:८उत्प २:८; इज २८:१२, १३
इज. ३१:११इज ३०:१०, ११; हब १:६
इज. ३१:१२इज ३२:५, ६
इज. ३१:१३इज २९:५; ३२:४
इज. ३१:१६इज ३१:९
इज. ३१:१७इज ३२:१८, २०
इज. ३१:१७इज ३०:६; ३२:३१
इज. ३१:१८इज ३१:९; ३२:१९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल ३१:१-१८

इजकिएल

३१ एघारौँ वर्षको तेस्रो महिनाको पहिलो दिन यहोवाको यो वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: २ “हे मानिसको छोरा, मिश्रका फारो र त्यसका मानिसहरूलाई भन्‍नू,+

‘तेरो महानताको तुलना म कोसित गरूँ?

 ३ एक जना अस्सेरियाली थियो, लेबनानको एउटा देवदार।

त्यसका हाँगाहरू असाध्यै सुन्दर, झ्याम्म परेका र लामा-लामा थिए।

त्यसको टुप्पो आकाशसम्मै पुगेको थियो।

 ४ प्रशस्त पानी पाएकोले त्यो निकै ठूलो भयो, गहिरो मूलबाट पानी पाएकोले हलक्क बढ्‌यो।

त्यो जहाँ रोपिएको थियो, त्यसका चारैतिर खोलाहरू थिए;

ती खोलानालाले मैदानका सबै रूखलाई पानीले भिजाउँथ्यो।

 ५ त्यसैले त्यो मैदानका अरू रूखभन्दा अग्लो भयो।

खोलाहरूमा प्रशस्त पानी भएकोले

त्यसका हाँगाबिँगा झाँगिँदै गए र लामा-लामा भए।

 ६ आकाशका सबै चराले त्यसमा गुँड बनाए;

सबै जङ्‌गली जनावर त्यसका हाँगामुनि आएर ब्याए;

ठूलठूला जातिहरूले त्यसको छहारीमुनि शरण लिए।

 ७ त्यसको जरामा प्रशस्त पानी पुगेकोले

त्यसका हाँगाबिँगा लामा-लामा भए र त्यो एकदमै सुन्दर देखिन्थ्यो।

 ८ परमेश्‍वरको बगैँचामा भएका कुनै पनि देवदार+ त्यसको बराबरीमा आउन सक्दैनथ्यो।

त्यसको जस्तो हाँगा कुनै पनि धुपीको थिएन।

त्यसको जस्तो हाँगाबिँगा कुनै पनि कटुसको थिएन।

परमेश्‍वरको बगैँचामा भएको अरू कुनै पनि रूख त्योजस्तो सुन्दर थिएन।

 ९ मैले त्यसलाई झ्याम्म परेको र सुन्दर बनाएँ।

अदनको बगैँचाका अर्थात्‌ साँचो परमेश्‍वरको बगैँचाका सबै रूखले त्यसको डाह गर्थे।’

१० “त्यसैकारण ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘त्यो ज्यादै अग्लो भएर त्यसको टुप्पो बादलसम्मै पुग्यो र त्यो घमन्डले फुल्यो। ११ त्यसैले म त्यसलाई जातिजातिमध्येको शक्‍तिशाली शासकको हातमा सुम्पनेछु।+ तिनी त्यसविरुद्ध उठ्‌नेछन्‌ र त्यसको दुष्टताको कारण म त्यसलाई तिरस्कार गर्नेछु। १२ अनि अत्यन्तै निष्ठुर र क्रूर विदेशीहरूले त्यसलाई ढाल्नेछन्‌ र त्यसलाई पहाडमा अलपत्र छोड्‌नेछन्‌। त्यसका पातहरू तल बेँसीमा झर्नेछन्‌ र त्यसका हाँगाहरू खोलाहरूमा छरपस्ट हुनेछन्‌।+ त्यसको छहारीमुनि शरण लिएका सबै मानिस त्यसलाई छोडेर भाग्नेछन्‌। १३ त्यसको मुढामा आकाशका सबै चराचुरुङ्‌गी र त्यसका हाँगाहरूमा सबै जङ्‌गली जनावर बस्नेछन्‌।+ १४ त्यस उप्रान्त खोलाछेउको कुनै पनि रूख असाध्यै अग्लो हुनेछैन वा त्यसको टुप्पोले बादल छुनेछैन र प्रशस्त पानी पाएको अरू कुनै पनि रूख बादलसम्मै पुग्नेछैन। किनकि तिनीहरू नाश हुनेछन्‌ र मरिसकेका अरू मानिससँगै गहिरो खाडलमा* जानेछन्‌।’

१५ “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘त्यो रूख चिहानमा* जाने दिन म मानिसहरूलाई शोक मनाउन लगाउनेछु। त्यसले पानी नपाओस्‌ भनेर म पानीका गहिरा मुहानहरू बन्द गरिदिनेछु र खोलाहरू थुनिदिनेछु। यसरी म लेबनानलाई शोकाकुल पार्नेछु र मैदानका सबै रूख ओइलाउनेछन्‌। १६ त्यो ढलेको आवाज सुनेर जातिजातिका मानिस त्रसित हुनेछन्‌। म त्यसलाई मरेका सबै मानिस पुग्ने गहिरो खाडलमा* जाक्नेछु। तब अदनका सबै रूखले,+ लेबनानका सबैभन्दा असल र राम्रा रूखले, प्रशस्त पानी भएको ठाउँका रूखले गहिरो खाडलमा सान्त्वना पाउनेछन्‌। १७ देवदारको त्यो रूखसँगसँगै ती रूखहरू पनि चिहानमा* जानेछन्‌,+ जहाँ तरबारले काटिएका रूखहरू छन्‌। त्यस रूखको छत्रछायामा बसेका जातिजातिका त्यसका समर्थकहरू* पनि त्यससँगसँगै जानेछन्‌।’+

१८ “‘अदनको अरू कुनचाहिँ रूखले तैँले जति ख्याति अनि महिमा पाएको थियो र?+ तँ अदनका रूखहरूसँगै काटिनेछस्‌ र चिहानमा जानेछस्‌। बेखतनेहरूसँगै* र तरबारले काटिएकाहरूसँगै तँ पनि गाडिनेछस्‌। फारो र त्यसका मानिसहरूमाथि यो सब आइपर्नेछ,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने