प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ २/८ पृ. ३२
  • “मानिसजातिको लागि महान्‌ सेवा”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “मानिसजातिको लागि महान्‌ सेवा”
  • ब्यूँझनुहोस्‌!—१९९७
ब्यूँझनुहोस्‌!—१९९७
g९७ २/८ पृ. ३२

“मानिसजातिको लागि महान्‌ सेवा”

“तपाईंहरूले यो पुस्तक प्रकाशित गर्नुभएर मानिसजातिको लागि महान्‌ सेवा गर्नुभएको छ। यो उत्कृष्ट पुस्तक हो। अद्‌भुत संकलन। र मूल्यांकनको योग्य छ।

“यस पुस्तकको सबैभन्दा राम्रो पक्ष के हो भने, यसमा सबै धर्मबारे बताइएको छ र कुनै पनि धर्मको आलोचना गरिएको छैन। तपाईंहरूले अति राम्रो किताब निकाल्नुभएको छ। साँच्चै अद्वितीय पुस्तक रहेछ।”

भारत, तिरचिरापल्लीका विद्यावारिधिप्राप्त व्यक्‍तिले कुन पुस्तकबारे बताउँदै उपरोक्‍त पत्र लेखेका हुन्‌? त्यो हो, विश्‍वका प्रमुख धर्महरू हिन्दू, बौद्ध, ताओ, कन्फ्युसियनवाद, शिन्टो, यहूदी, मसीही, मुस्लिम धर्महरूका सुरुआत र शिक्षाहरू संकलित ३८४ पृष्ठ भएको पुस्तक, मानिसजातिद्वारा परमेश्‍वरको खोज (अंग्रेजी)। यसका अन्तिम अध्यायहरूले आधुनिक समयमा परमेश्‍वरप्रतिको अविश्‍वास र साँचो परमेश्‍वरलाई पुनः उपासना गर्ने सम्बन्धमा बताउँछन्‌। यो पुस्तक लगभग १ करोड ६० लाख प्रति ३७ भाषाहरूमा छापिएका छन्‌।

ती विद्यावारिधिप्राप्त व्यक्‍तिले यो पुस्तक कसैकोबाट लिएर पढेका थिए। तिनी आफ्नोनिम्ति एक प्रति चाहन्थे। यदि तपाईं यो सचित्र पुस्तक जाँच्न चाहनुहुन्छ भने, कृपया तपाईंको क्षेत्रमा बस्ने यहोवाका साक्षीहरूसित सम्पर्क राख्नुहोस्‌ वा यस पत्रिकाको पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये नजीकको ठेगानामा पत्राचार गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने