प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ११/८ पृ. ११-१२
  • विपत्तिका दुई अनुहार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विपत्तिका दुई अनुहार
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाका जनहरूको प्रतिक्रिया
  • केही सकारात्मक परिणामहरू
  • “तिम्रो कुरा सुन्‍नेहरूको” उद्धार हुनेछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • मैले भाइबहिनीको वफादारी देखेको छु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • हाम्रो राहत सेवाले गर्दा क्यारेबियन टापुका भाइबहिनीलाई कस्तो फाइदा भएको छ?
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • ज्यानमारा आँधीबेहरीबाट उद्धार!
    ब्यूँझनुहोस्‌!—१९९९
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ११/८ पृ. ११-१२

विपत्तिका दुई अनुहार

मेक्सिकोस्थित ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

मेक्सिकको ह्वाक भन्‍ने ठाउँमा पलीन तुफानले झटारो हान्दा यहोवाका विवाहित साक्षी, गोदोफ्रेदो र गीसेला आफ्ना लालाबालासित अस्फाल्टले बनिएको घरमा बसिरहेका थिए। बतासले एक एक पत्र गर्दै अस्फल्ट उप्काउन थाल्यो। अन्तमा डन्डीहरू मात्र बाँकी भए। तिनीहरूले टाउको लुकाउने छानासमेत पाएनन्‌।

आठ महिने बच्चालाई काखी च्यापेकी गीसेल अनि तीन जना छोराछोरीले च्याप्प समातेका गोदोफ्रेदोले दुई घण्टाभन्दा बढी समयसम्म त्यो तीव्र बताससित जुझ्नुपऱ्‍यो। कहिलेकाहीं जोरसित चलेको तुफानले तिनीहरूलाई जमिनमा लछार पछार गर्थ्यो। तथापि, अन्ततः तिनीहरू बाँचे।

आकपुल्कोका नेली नाउँ गरेकी यहोवाका साक्षीले घरभित्र पानी चुहिएको देखेर आफ्नो परिवारलाई उठाईन्‌। धमाधम पानीको सतह बढ्‌न थाल्यो अनि पानीको धारले नेलीलाई पानीमुनि तान्यो तर तिनकी छोरीले तिनलाई तानेर निकालिन्‌। तिनीहरूले झ्यालको बार समाते र पानी तिनीहरूको घाँटीसम्म पुगुञ्जेल पनि तिनीहरूले केही गर्नै सकेनन्‌। त्यसपछि तिनीहरूले कुनै लोग्ने मान्छेले बोलाएको सुने। उक्‍त पुरुष तिनीहरूका छिमेकी रहेछन्‌ अनि तिनले तिनीहरूलाई निकालेर आफ्नो घर लगे। त्यहाँबाट निस्केका मात्र के थिए, एउटा गाडीले एकछिन अघिसम्म आफू बसेको घर तहसनहस पारेको भयावह दृष्य तिनीहरूले देखे।

बुधबार, अक्टोबर ८, १९९७ का दिन दिउँसोपख ह्वाक प्रान्तको तटमा लगातार हान्‍ने पलीन तुफानको वेग २०० किलोमिटर प्रतिघण्टा थियो। अनि बिहिबार, अक्टोबर ९ का दिन बिहान सबेरै त्यो तुफानले गरेरो प्रान्तको आकपुल्को शहरमा १० मिटर माथिसम्म पानीको छाल उचाल्यो जसको भेलले घरबारी, गाडी, जनावर तथा मानिसहरूलाई स्वात्तै बगायो। आँधीको बहाव अन्तै सर्दै जाँदा सडकहरूमा पानीले १० मिटरभन्दा गहिरा धार पारिसकेका थिए। द न्युज नामक अखबारअनुसार मेस्किकोस्थित रेड क्रसले दुइटा शहरमा जम्मा ४०० जना मरेका र २०,००० देखि २५,००० जना घरबारविहिन भएको अनुमानित रिपोर्ट पेश गऱ्‍यो। यद्यपि, यस्तो विपत्तिको बेलामा पनि मसीही प्रेमको मनै छुने प्रदर्शन भयो।

यहोवाका जनहरूको प्रतिक्रिया

पलीन तुफानबारे समाचार प्रकाशित हुने बित्तिकै मेक्सिकोस्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयमा देशभरिका साक्षीहरूले मदतको लागि के गर्न सकिन्छ भनेर फोन गर्न थाले। समुद्रपारिबाट पनि सहयोग दिन चाहनेहरूले सोधपुछ गरे। तुरन्तै उद्धार समिति गठन गरियो र टनका टन खाद्यान्‍न, लत्ताकपडा तथा अन्य सरसामानहरू वितरण गरिए।

तुरुन्तै निर्माण सामग्रीहरू ल्याइए र भत्किएका ३६० घर तथा राज्यभवनहरूको मर्मत गरियो। हजारौं मसीही भाइबहिनीहरू चन्दा दिन, मालताल मिलाउन, पोका पार्न, ओसार्न तथा ढुवानी गर्न वा मर्मतसम्भार गर्न व्यस्त थिए।

केही पसलेहरू यहोवाका साक्षीहरूको गतिविधि देखेर यतिविघ्न प्रभावित भए कि तिनीहरूले दया देखाएर खाद्यान्‍न, निर्माण सामग्री तथा अन्य सरसामानहरू दिए। अरूहरूले चाहिं सुपथ मोलमा सामानहरू बेचे। तुफानमा पर्ने साक्षीहरूले आफूप्रति देखाइएको प्रेम र त्यसमा पनि विशेषगरि ती उपलब्ध गराइएका सामानहरूसँगसँगै पठाइएका प्रोत्साहनदायी चिठीको असाध्यै मूल्यांकन गरे।

दुःखको कुरा, १८ वर्षीय होसे फाऊस्तीनो र साक्षीहरूसित बाइबल अध्ययन गर्ने अरू तीन जना त्यो तुफानमा परेर मरे। तिनीहरूका नातेदारहरू विशेषगरि होसेका आमाबाबुले आफ्नोनिम्ति गरिएका प्रार्थना र मण्डलीले दिएको प्रोत्साहनको मूल्यांकन गरे।

केही सकारात्मक परिणामहरू

पलीन तुफानपछि विश्‍वासमा नहुने नातेदारहरूलगायत थुप्रैले बाइबल अध्ययन गर्छौं भने अनि थुप्रै छिमेकीहरू साक्षीहरूले सुनाउने आशाको सन्देश सुन्‍न इच्छुक भए। यसबाहेक, आम जनतालाई उद्धार सामाग्रीहरू वितरण गर्ने काममा पनि साक्षीहरूले भाग लिए। यहोवाका साक्षीले एक व्यक्‍तिलाई तिनको कम्पनीले उपलब्ध गराएको खाद्यान्‍न बाँड्‌न यहोवाका साक्षीहरूलाई नै किन रोज्नुभयो भनेर सोध्दा उक्‍त पुरुषले यस्तो जवाफ दिए: “किनकि तपाईंहरू संगठित र इमानदार हुनुहुन्छ भनेर मलाई थाह छ। यसबाहेक, तपाईंहरूले आफ्नो इलाकाका मानिसहरूलाई राम्ररी चिन्‍नुहुने भएकोले को को यो टड्‌कारो खाँचोमा परेका छन्‌, ती तपाईंहरूलाई साँच्चै थाह पनि छ।”

झन्‌ झन्‌ नजीक हुँदै गइरहेको अन्तसँगसँगै विश्‍वभरि एकमाथि अर्को विपत्तिको वज्रपात हुँदै गर्दा बाइबल सिद्धान्तहरू प्रयोगमा आएको देख्न पाउनु सधैं प्रोत्साहनदायी हुन्छ।

[पृष्ठ ११-मा भएको चित्र]

पुनर्निर्माण कार्यमा तल्लीन नौजवानहरू

[पृष्ठ १२-मा भएको चित्र]

पलीन तुफान साम्य भएपछि ह्वाकमा नयाँ राज्यभवन निर्माण गरिरहेका साक्षीहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने