“के सबै मानिसहरूले एकअर्कालाई प्रेम गर्ने समय पनि आउला र?”
सन् १९९७ को अक्टोबर तथा नोभेम्बर महिनाको दौडान विश्वभरि १०० भन्दा बढी भाषाहरूमा “के सबै मानिसहरूले एकअर्कालाई प्रेम गर्ने समय पनि आउला र?” भन्ने पर्चाको ३० करोडभन्दा बढी प्रतिहरू वितरण गरियो। यसबारे थुप्रै सकारात्मक टिप्पणीहरू गरियो जसमध्ये इस्टन, पेन्सिलभानिया, सं.रा.अ.-को एक्प्रेस टाइम्स-मा प्रकाशित निम्न समीक्षा पनि समावेश छ:
“यसमा छिमेकीप्रतिको सेलाउँदै गरेको प्रेमका उदाहरणहरू दिइएका छन्। त्यस्ता छिमेकीहरू जो एकअर्काको काटमार समेत गर्छन् जस्तै बोस्निया-हर्जगोभिनामा र रूवाण्डामा भिन्न जात तथा धार्मिक समूहका भए तापनि लामो समयदेखि चिनापर्ची भएका छिमेकीहरूले एकअर्कालाई मारे।
“अझ यहाँ हाम्रो आफ्नै देशको कुरा गर्ने हो भने, एक्लो वृद्ध जनबारे उल्लेख गरिएको छ। साथै छेस्किनी नै नखोली ढोकाबाट चियाइरहेकी महिलाको प्रभावकारी फोटो छापिएको छ।”
यहोवाका साक्षीहरूको स्लोभेनियास्थित शाखा कार्यालयले इमप्रेसे दार्शनिक साहित्य क्लबबाट यस्तो पत्र प्राप्त गरे: “धार्मिक सत्यता बताउने सन्दर्भमा स्लोभेनियामा दुखःको कुरा, रोमन क्याथोलिक चर्चको एकाधिकार छ। अझ राम्ररी धार्मिक सत्य बुझ्न हामी तपाईंहरूलाई “के सबै मानिसहरूले एकअर्कालाई प्रेम गर्ने समय पनि आउला र?” भन्ने पर्चाको ५० प्रति पठाइदिनुहुन विनम्र अनुरोध गर्दछौं। हामीले यसको विषयवस्तुबाट मात्र होइन तर यसको रंगीन चित्र हेर्नेबित्तिकै यो एउटा अनुपम पर्चा हो भनी थाह पाइहाल्यौं।”
मानिसहरू साँच्चै यस पृथ्वीमा शान्ति अनि मिलापमा बस्नसक्छन् भन्ने प्रमाण चाहनुहुन्छ भने कृपया निम्न कुपन भर्नुहोस् र काटेर पठाउनुहोस्।
▫ कृपया मलाई रु. ६.०० पर्ने परमेश्वर हामीबाट के चाहनुहुन्छ? पुस्तिका पठाइदिनुहोस्।
▫ म निश्शुल्क गृह बाइबल अध्ययन गर्न चाहन्छु, कृपया मलाई भेट्नुहोला।