किशोर अपराधीहरू—यसका कारणहरू?
किशोर अपराधीहरू वास्तवमा गरिब परिवारका हुन्छन् “खानदानी” घरानाका हुँदैनन् भन्ने उक्तिसँग के तपाईं पनि सहमत हुनुहुन्छ? केही एसियावासीहरू भन्छन्, यो उक्ति सही हो। तर एसिया म्यागजिन भन्छ, “अबचाहिं होइन।” “प्रहरीमा गर्ता भएको अपराध र घटनाको तथ्यांकले देखाएअनुसार एसियाभरि भइरहेका चोरी, विध्वंस, लागूपदार्थको प्रयोग र वेश्यावृत्ति जस्ता कामहरूमा लाग्ने धेरैजसो किशोरहरू खानदानी परिवारबाटै आउन थालेका छन्।”
उदाहरणका लागि, जापानमा जघन्य अपराधको दोष लागेका आधाभन्दा बढी किशोरहरू मध्यमवर्गीय घरानाका छन्। बैंककमा पनि स्थिति त्यस्तै छ। मुहिता प्रशिक्षण केन्द्रका प्रमुख, अदिसई आपानन् भन्छन्, “बितेका समयमा किशोरहरू पैसा नभएकोले अपराधी हुन्थे। तर आजभोलि, ५० प्रतिशतभन्दा बढी किशोरहरू आर्थिक अवस्था राम्रै भएको मध्यम वर्गीय घरानाका छन्।”
कतिले चाहिं, यस्तो बढ्दो अपराधको दोष जागिर खाने आमाहरू, पारपाचुके र भौतिकवादी विचारधारालाई दिन्छन्। सिंगापुरस्थित किशोरकिशोरी सुधारगृहका सहायक निर्देशक, एडी जेकब यसो भन्छन्: “यसो हुनुको सबैभन्दा मुख्य कारण, परिवार भताभुंग हुनु हो जहाँ आमाबाबुको पारपाचुके भएको अर्थात् आमा या त बुबा मात्र भएको परिवारमा हुनसक्छ, वा आमाबाबु दुवै काम गर्ने भएकाले छोराछोरीको बेवास्ता भइरहेको हुनसक्छ। छोराछोरीले घरबाटै सबैकुरा सिक्ने हुन्।”
अहिले हामी बाँचिरहेको समयका युवाहरू यस्तै विद्रोही हुनेछन् भनेर बाइबलले भविष्यवाणी गरेको थियो। (२ तिमोथी ३:१, २) यद्यपि, आर्थिक अवस्था जस्तै भए तापनि परिवारका सदस्यहरू मिलेर बस्न चाहिने सल्लाहहरू बाइबलले दिन्छ। बाइबल केलाएर हेर्न योग्य किताब हो, “किनकि परमेश्वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, उचित जीवन यापन गर्नालाई उपयोगी हुन्छ।” (२ तिमोथी ३:१६) एसियाका यहोवाका साक्षीहरू मात्र होइनन् तर आज विश्वभरि नै यहोवाका साक्षीहरूले पारिवारिक अध्ययन गरेर राम्रा इनामहरू पाइरहेका छन्। उनीहरू तपाईंलाई त्यसै गर्न मदत दिन पाए खुसी हुनेछन्।
[पृष्ठ ३१-मा भएको चित्र]
किशोर अपराध कि परमेश्वरको अनुमोदन—छनोट तपाईंकै हो