भारत र चीनमा सुर्तीको खतरा
भारतका ब्यूँझनुहोस्! संवाददाताद्वारा
पश्चिमी संसारले जसै धूम्रपानको विज्ञापनमा प्रतिबन्ध लगाउँदैछ र धूम्रपानले स्वास्थ्यमा पार्ने नराम्रो असरबारे मानिसहरू सजग हुँदैछन्, ठूलठूला चुरोट कम्पनीहरू आफ्नो सामान बेच्न पूर्वतिर ताक्दैछन्। विश्व बैंकद्वारा प्रायोजित अध्ययनअनुसार चीनमा २०१० सम्ममा धूम्रपानसित सम्बन्धित मृत्युको संख्या वर्षेनी १० लाख पुग्ने अनुमान छ। ब्रिटिश मेडिकल जर्नल-अनुसार २९ वर्षमुनिका दस करोड चिनियाँहरू चुरोटको कारण मर्नेछन्।
विश्व स्वास्थ्य संगठनअनुसार एक अरब जनसंख्या भएको चीन र भारत “चुरोटको कारण सबैभन्दा धेरै मृत्यु हुने” देशहरू हुनेछन्। रिपोर्टअनुसार त्यहाँ हरेक वर्ष दुई करोड केटाकेटीहरूले चुरोट सेवन गर्न थाल्छन्। दक्षिण भारतका एक जना मानिसलाई चुरोट पिउने लत लागेको वर्षौं भइसकेको थियो। तिनलाई चुरोट छोड्न मदत गरेको लेखप्रति मूल्यांकन व्यक्त गर्दै त्यस मानिसले ब्यूँझनुहोस्!-का प्रकाशकहरूलाई पत्र लेखे। त्यो लेख थियो, जनवरी ८, १९९९ अंकको “हामीले छोड्न सक्यौं भने, तपाईंले किन नसक्नु!”
धूम्रपान छोड्न तपाईंले कस्ता कारणहरू दिन सक्नुहुन्छ? केही विचारणीय कारणहरू ३२ पृष्ठे परमेश्वर हामीबाट के चाहनुहुन्छ? पुस्तिकाको पृष्ठ २५ मा बताइएको छ। यस ३२ पृष्ठे पुस्तिकाबारे अझ थप जानकारी चाहनुहुन्छ भने कृपया यो कुपन भरेर यहाँ दिइएको ठेगाना वा यही पत्रिकाको पृष्ठ ५ मा दिइएको तपाईंलाई सुविधा पर्ने ठेगानामा पठाउनुहोस्।
◻ परमेश्वर हामीबाट के चाहनुहुन्छ? पुस्तिकाबारे मलाई थप जानकारी पठाउनुहोस्।
◻ कृपया निःशुल्क गृह बाइबल अध्ययनको लागि मसँग सम्पर्क राख्नुहोस्।