प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 ५/८ पृ. ३
  • धूम्रपानमा अल्झिएको संसार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • धूम्रपानमा अल्झिएको संसार
  • ब्यूँझनुहोस्‌!—२०००
  • मिल्दोजुल्दो सामग्री
  • धूम्रपान किन छोड्‌ने?
    ब्यूँझनुहोस्‌!—२०००
  • धूम्रपानलाई ईश्‍वर कुन दृष्टिले हेर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • “हामीले छोड्‌न सक्यौं भने तपाईंले किन नसक्नु!”
    ब्यूँझनुहोस्‌!—१९९९
ब्यूँझनुहोस्‌!—२०००
g00 ५/८ पृ. ३

धूम्रपानमा अल्झिएको संसार

बिल दयालु, समझदार अनि बलिया थिए। तिनी आफ्नो परिवारलाई माया गर्थे। यद्यपि, किशोरावस्थादेखि नै तिनले धूम्रपान गर्न थाले। पछि तिनलाई आफ्नो अम्मली देखेर घिन लाग्यो। तिनी हर सर्को चुरोट तान्दा आफ्ना छोराहरूलाई कहिल्यै चुरोट नपिउनू, यो मूर्खता हो भन्थे। तिनले आफ्ना बलिया हातहरूले चुरोटको बट्टालाई कच्याककुचुक्क पारेर कोठाबाहिर हुऱ्‍याउँदै यही खिल्ली अन्तिम हो भनेर किरिया नखाएका पनि होइनन्‌। तर फेरि तिनी चुरोट पिउन थालिहाल्थे। सुरुमा कसैले थाह नपाउने गरी, पछि खुल्लमखुल्ला।

क्यान्सरले गर्दा महिनादिनसम्म सास्ती खाएर १५ वर्षअघि बिलको मृत्यु भयो। चुरोट नपिएका भए, सायद अहिले तिनी जिवितै हुन्थे होला। तिनकी श्रीमती विधवा हुनेथिइनन्‌; तिनको छोरा टुहुरो हुनेथिएनन्‌।

बिलको मृत्यु तिनको परिवारको निम्ति दुःखलाग्दो भए तापनि अनौठो भने छैन। विश्‍व स्वास्थ्य संघअनुसार (डब्लू एच ओ) सूर्तिका कारण हुने रोगहरूले गर्दा वर्षेनी ४० लाख मानिसहरू अथवा प्रत्येक आठ सेकेन्डमा एक जना मानिस मर्छन्‌। सुर्तीको प्रयोग बन्द गर्नु नै संसारभर फैलिएको रोग निवारण गर्नसकिने मुख्य तरिका हो। सुर्तीको विद्यमान प्रयोग कायमै रह्‍यो भने आगामी २० वर्षमा विश्‍वभरि मृत्यु तथा शारीरिक शिथिलताको प्रमुख कारण नै धूम्रपान हुनेछ। साथै एड्‌स, क्षयरोग, मातृशिशु मृत्यु, सवारी दुर्घटना, आत्महत्या र हत्या आदिलाई एकै ठाउँमा गाभ्दासमेत धूम्रपानले नै धेरैको ज्यान लिन्छ।

चुरोटले ज्यान लिन्छ। यद्यपि, धूम्रपान गर्नेहरू जताततै छन्‌। विश्‍वभरि कम्तीमा पनि १.१ अरब मानिसहरू धूम्रपान गर्छन्‌ भनी डब्लू एच ओ उल्लेख गर्छ। यसको अर्थ, सालाखाला विश्‍वका एक तिहाइ वयस्कहरू धूम्रपान गर्छन्‌।

अहिले चुरोट कारखानाहरूले आफूमाथि दायर गरिएको मुद्दाले गर्दा करोडौं डलर क्षतिपूर्ति दिने गरे तापनि तिनीहरूले नाफा कमाएका अरबौं डलरको तुलनामा यो केही पनि होइन भन्‍ने अनुमान विश्‍लेषकहरूको छ। संयुक्‍त राज्यमा मात्र दिनहुँ डेढ अरब खिल्ली चुरोट उत्पादन गरिन्छ। विश्‍वभरि वर्षेनी चुरोट कारखाना तथा सरकारी आधिपत्य रहेका कम्पनीहरूले ५० खरबभन्दा धेरै खिल्ली चुरोट बिक्री गर्छन्‌!

यस्तो घातक अम्मल मानिसले किन छोड्‌न नसकेका होलान्‌? तपाईं धूम्रपान गर्नुहुन्छ भने, कसरी छोड्‌न सक्नुहुन्छ? यसपछिका लेखहरूमा यिनै प्रश्‍नहरूको जवाफ दिइनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने