प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 ११/८ पृ. ४-६
  • वैकल्पिक उपचार—किन धेरैले प्रयोग गर्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वैकल्पिक उपचार—किन धेरैले प्रयोग गर्छन्‌
  • ब्यूँझनुहोस्‌!—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • उल्लेखनीय अनुभव
  • सन्तुलनको खाँचो
  • सुस्वास्थ्य–नयाँ मोड?
    ब्यूँझनुहोस्‌!—२०००
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०००
  • वैकल्पिक उपचारविधिका
    ब्यूँझनुहोस्‌!—२०००
  • उपचारसम्बन्धी तपाईंको छनौट
    ब्यूँझनुहोस्‌!—२०००
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०००
g00 ११/८ पृ. ४-६

वैकल्पिक उपचार—किन धेरैले प्रयोग गर्छन्‌

वैकल्पिक वा परिपूरक औषधीमा नाना थरिका निवारण प्रविधि र औषधोपचार समावेश छन्‌। प्रायजसो उपचारविधिहरू प्रकृतिशास्त्रअन्तर्गत पर्छन्‌ र शरीरको अवस्थालाई निवारण योग्य बनाउन प्राकृतिक वस्तुहरू वा अन्य माध्यम प्रयोग गरेर आफै निको हुन दिने प्रणाली हो। यी उपचारविधिहरू निकै शताब्दीसम्म प्रयोग गरिए तर त्यसलाई आधुनिक चिकित्साले त्यागेको वा बेवास्ता गरेको धेरै भइसक्यो।

उदाहरणका लागि, अगस्त २७, १९६० को जर्नल अफ दी अमेरिकन मेडिकल एसोसिएशन-ले बताएअनुसार आगोले पोल्दा चिसो पट्टी लगाउनुपर्छ भनेर “पहिलेका मानिसहरूलाई थाह थियो तर अहिले भने चिकित्सक र सर्वसाधारण दुवैले त्यसलाई बेवास्ता गरेजस्तो देखिन्छ। यो उपचारविधिलाई प्रकाशनहरूमा कहिलेकाहीं प्रशंसा गरिए तापनि अहिले प्राय प्रयोग गरिंदैन। निस्सन्देह, प्रायजसो चिकित्सकहरू यसो भन्‍ने गर्छन्‌ ‘आजकाल त्यसो गरिंदैन’ तर कारण के हो कसैलाई थाह छैन।”

तथापि, हालैका दशकहरूमा आधुनिक औषधोपचारले आगोले पोलेको ठाउँमा चिसो पानी वा चिसो पट्टी पुनः प्रयोग गर्न समर्थन जनाएको छ। सेप्टेम्बर १९६३ को द जर्नल अफ ट्रमा-ले यस्तो रिपोर्ट गऱ्‍यो: “सन्‌ १९५९ र १९६० मा ओफाग्सन र शुल्मानको रिपोर्टपछि आगोले पोलेको उपचारमा चिसो पानी प्रयोग गर्ने लोकप्रियता बढ्‌न थालेको हो। हामीले गत वर्ष बिरामीहरूको उपचार गर्न यही तरिका अपनायौं; यसबाट प्राप्त नतिजा आशालाग्दो भयो।”

चिसो पानीले उपचार गर्नु अलि सुरक्षितै छ र यसले सन्चो पनि गर्छ। विभिन्‍न प्रकारको बिसन्चो निको पार्न पानीको प्रयोग गरिने हाइड्रोथेरापी पनि वैकल्पिक औषधोपचारमा प्रयोग हुन्छ अनि आधुनिक चिकित्साले त्यस्तो उपचारका विभिन्‍न प्रकारलाई मान्यता दिएको छ।a

त्यसरी नै, वैकल्पिक उपचारकहरूले रोगबिमार निको पार्न प्रायजसो वनस्पतिको प्रयोग गर्छन्‌। पृथ्वीको कुनै कुनै भागमा यस्तो प्रचलन सयौं र हजारौं वर्षअघिदेखि गरिंदै आएको छ। उदाहरणका लागि, भारतीय चिकित्सामा धेरैअघिदेखि जडीबुटीको अत्यधिक प्रयोग गरिंदै आएको छ। आजकाल, सबैजसो ठाउँका स्वास्थ्य क्षेत्रका थुप्रै पेसेवरहरूले कुनै कुनै बोटबिरुवाको निवारण शक्‍ति बुझेका छन्‌।

उल्लेखनीय अनुभव

लगभग सय वर्षअघिको कुरा हो, राइकार्ट विलस्टाटरलाई आफ्नो घनिष्ठ मित्र, दस वर्षीय जेप स्वाबको अनुभवले गहिरो छाप पाऱ्‍यो। राइकार्टले पछि वनस्पति जीवरसायन विषयमा अध्ययन गरे। जेपको एउटा खुट्टा संक्रमण भएर कामै नलाग्ने भएको थियो अनि तिनको ज्यान जोगाउन डाक्टरले खुट्टै काटेर फ्याल्नुपर्छ भनेका थिए। तर जेपका आमाबाबुले तुरुन्तै शल्यक्रिया नगरी भोलिपल्ट बिहानसम्म आलेटाले गरे। त्यतिञ्जेल तिनीहरूले जडीबुटी उपचारमा नाउँ चलेको एक जना गोठालोसित मदत मागे। गोठालोले किसिम किसिमका बोटहरू जम्मा गरे अनि पकाइसकेको पालुंगो सागजस्तो नहोउञ्जेल मसिनो टुक्रा टुक्रा पारे। त्यसपछि यसको लेप घाउमा लगाइदिए।

बिहान होउञ्जेलसम्ममा घाउ अलि निको हुन थालिसकेको थियो र शल्यक्रिया फेरि पर सारियो। यही जडीबुटी उपचार गरियो र पछि घाउ पूरै निको भयो। विलस्टाटरले जर्मनीको म्युनिक विश्‍वविद्यालयमा रसायनशास्त्र अध्ययन गरे अनि वनस्पतिमा हुने कण, विशेष गरी हरितकणसित सम्बन्धित विषयमा गरेको आविष्कारको लागि नोबेल पुरस्कारसमेत जिते। उल्लेखनीय कुरा के हो भने, अहिले औषधी कम्पनीहरूले प्रयोग गर्ने औषधीहरूमध्ये २५ प्रतिशत जतिमा वनस्पतिमा हुने रसायन पूरै वा आंशिक रूपमा प्रयोग गरिएको हुन्छ।

सन्तुलनको खाँचो

यद्यपि, चिकित्सा उपचारमा एक जना व्यक्‍तिलाई एकदमै प्रभावकारी साबित भएको औषधी अर्को व्यक्‍तिलाई पटक्कै काम नलाग्ने पनि हुनसक्छ भनेर बिर्सनु हुँदैन। औषधी प्रभावकारी हुनु या नहुनुमा अरू थुप्रै कुरा समावेश छन्‌। जस्तै, रोगको किसिम, रोग कत्तिको गम्भीर छ, बिरामीको स्वास्थ्य अवस्था इत्यादि। उपचार कहिले र कस्तो अवस्थामा सुरु गरिन्छ, त्यसले पनि फरक पार्नसक्छ।

वैकल्पिक उपचारविधिको निवारण आधुनिक उपचारको भन्दा ढिलो हुन्छ। त्यसकारण, पहिल्यै रोग निदान गरेर उपचार गर्न सकिने रोगहरूको लागि कडा औषधी प्रयोग गर्नुपर्ने अनि ज्यान जोगाउन शल्यक्रियासमेत गर्नुपर्ने हुनसक्छ। त्यसैले, कुनै स्वास्थ्य समस्याको एउटै मात्र उपचार छ भन्‍ने सोचाइ राख्नु बुद्धिमानी हुनेछैन।

वैकल्पिक औषधी र आधुनिक उपचारविधिले स्वास्थ्यप्रति बेग्लाबेग्लै दृष्टिकोण राख्छ। वैकल्पिक उपचारले रोकथामलाई बढी महत्त्व दिन्छ अनि मानिसको जीवनशैली र वातावरणले स्वास्थ्यमा कस्तो असर पार्छ इत्यादि विषयहरूमा ध्यानकेन्द्रित गर्छ। अर्को शब्दमा भन्‍ने हो भने, वैकल्पिक उपचारकहरूले रोग लागेको अंग वा बिरामी अवस्थालाई मात्र नहेरी सिंगो व्यक्‍तिलाई नै हेर्छ।

वैकल्पिक उपचारप्रति आकर्षित हुनुको एउटा कारण, यसमा प्रयोग हुने प्राकृतिक वस्तु तथा उपचारविधि अरू औषधीजस्तो कडा हुँदैन र कम हानिकारक हुन्छ भन्‍ने धारणा हो। तसर्थ, सुरक्षित तथा प्रभावकारी उपचारविधि पत्ता लगाउने बढ्‌दो चासोले गर्दा यसपछिको लेखमा वैकल्पिक उपचारका केही उदाहरणहरू प्रस्तुत गरिनेछन्‌।

[फुटनोट]

a अवेक!, जून २२, १९८८ पृष्ठ २५-६ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने