प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ४/८ पृ. ३१
  • तपाईंको बाटो छेक्ने रूख

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंको बाटो छेक्ने रूख
  • ब्यूँझनुहोस्‌!—२००१
ब्यूँझनुहोस्‌!—२००१
g०१ ४/८ पृ. ३१

तपाईंको बाटो छेक्ने रूख

इक्वेडरका ब्यूँझनुहोस्‌! लेखकद्वारा

डिसेम्बरको बीचतिर इक्वेडरको समुद्र किनारका समतल भूमिमा मौसमी वर्षा भइसकेको थिएन। डाँडाकाँडाका वनस्पतिहरूलाई धूलोले ढाकेको हुनाले उराठलाग्दो देखिएको थियो। यात्रुहरूको एउटा समूह पश्‍चिमतिर प्रशान्त महासागर जाने राजमार्गमा यात्रा गर्दा फुस्रो धूलोले दिउँसै डम्म अँध्यारो भएको थियो। अचानक, तिनीहरू सबैका आँखा बाटो छेउको रूखमा टक्क अडियो। गाडी अचानकसँग रोकियो। तिनीहरूले कुन रूख देखे?

ढकमक्क फूलेको गायकन रूख! एकछिनको सन्‍नाटापछि यस्तो उद्‌गार व्यक्‍त गरियो: “आहा, कस्तो राम्रो! त्यस्तो चम्किलो रंग कहिल्यै देख्नुभएको छ? मैले गुलाबी, बैजनी, रातो अथवा सुन्तला रंगका थुप्रै रूख देखेको छु तर यस्तो राम्रो त कहिल्यै देखेको छैन।

यसको सुनौलो सौन्दर्यको प्रशंसा गरिसकेपछि तिनीहरू बल्ल अघि बढे। यो त सुरुआत मात्र थियो भनेर तिनीहरूलाई के थाह। अलि पर पुगेपछि तिनीहरूले ढकमक्क फूलेका थुप्रै गायकन रूखहरू देखे। त्यो सारा पहाडै सुनौलो घामले ढाकिएको जस्तो देखिन्थ्यो! यो गायकन रूखमा फूल फुलेर रंगविहीन जंगलै रंगीचंगी हुने समय थियो।

तथापि, यो फूल फूल्ने सुन्दर रूख यहीं मात्र पाइनेचाहिं होइन। वास्तवमा यो रूख दक्षिण अनि मध्यअमेरिकाका थुप्रै भागहरूमा पाइन्छ। यसका फूलहरू तुरही आकारका सुनौला हुने हुनाले त्यसैसित मिल्ने अन्य नाउँहरू पनि पाइन्छन्‌। यसको वैज्ञानिक नाउँ टेबेबुइया क्रिसान्था हो।

यी गायकन रूखले मसिना दानादार काठहरू पनि उत्पादन गर्ने भएकोले यसबाट उच्चस्तरीय फर्निचर बनाइन थालेको पनि वर्षौं भइसक्यो। यो रूख दुर्लभ हुँदै गइरहेकोले कुनै कुनै देशमा यिनीहरूलाई कानुनी सुरक्षा प्रदान गर्नु पनि आवश्‍यक परेको छ। स्थानीय बासिन्दा तथा यात्रुहरू दुवैले यो फक्रने समयमा यसको विशेष सौन्दर्यबाट वर्षको एक पल्ट केही दिनका लागि मात्र भए पनि आनन्द उठाउन सकून्‌ भनेर हो।

निस्सन्देह, यो गायकन रूखले सबैभन्दा महान्‌ चित्रकार, हामी बस्ने यस अद्‌भुत पृथ्वीका वास्तुविद्‌, महान्‌ सृष्टिकर्तालाई सलामी चढाउँछ। (g01 3/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने