प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ४/८ पृ. ३२
  • तिनीहरूको स्पष्टवादी लेखाइबाट प्रभावित

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनीहरूको स्पष्टवादी लेखाइबाट प्रभावित
  • ब्यूँझनुहोस्‌!—२००१
ब्यूँझनुहोस्‌!—२००१
g०१ ४/८ पृ. ३२

तिनीहरूको स्पष्टवादी लेखाइबाट प्रभावित

स्पेनस्थित विश्‍वविद्यालयका प्राध्यापकले वाच टावर सोसाइटीको शाखा कार्यालयमा ब्यूँझनुहोस्‌!-प्रति मूल्यांकन व्यक्‍त गर्दै पत्र लेखे। तिनले यसप्रकार लेखे:

“हालै मैले दुइटा ब्यूँझनुहोस्‌! पत्रिका पाएँ। मैले यसमा विभिन्‍न विषयमा चाखलाग्दा लेखहरू पाएँ। हुन त मेरो कुनै पनि धार्मिक समुदायसित सरोकार छैन तैपनि यो कति स्पष्टवादी रहेछ भनेर बुझ्न सकें। यसको शैली अनि प्रस्तुति पनि एकदमै राम्रो छ र यसले निष्पक्ष अनि वैज्ञानिक दृष्टिकोण प्रस्तुत गर्छ। तपाईंहरूको परिश्रमको लागि बधाई छ।”

पाठकहरू सही निष्कर्षमा पुग्न सकून्‌ भनेर ब्यूँझनुहोस्‌!-का थुप्रै लेखमा विज्ञानका भिन्‍नाभिन्‍नै पक्षहरूबाट प्रमाणहरू प्रस्तुत गरिएका हुन्छन्‌। जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? नामक ३२ पृष्ठे पुस्तिकामा पनि त्यस्तै प्रयास गरिएको छ। उदाहरणका लागि, “के जीवन संयोगले सुरु भएको हो?” अनि “रचनाको रचनाकार हुनु आवश्‍यक” जस्ता उपशीर्षकअन्तर्गत खगोलशास्त्र, सूक्ष्म जीवविज्ञान तथा भौतिक विज्ञानका क्षेत्रमा चिरपरिचित अधिकारीहरूद्वारा प्रमाण प्रस्तुत गरिएको छ।

यसबारे थप जानकारीको लागि कृपया यो कुपन भरेर दिइएको ठेगाना वा यही पत्रिकाको पृष्ठ ५ मा दिइएको ठेगानाहरूमध्ये तपाईंलाई पायक पर्ने ठेगानामा पठाउनुहोस्‌। (g01 3/8)

◻ कृपया मलाई थप जानकारीको लागि जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? पुस्तिका पठाइदिनुहोला।

◻ कृपया निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि मसँग सम्पर्क गर्नुहोस्‌।

[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]

Galaxy: Courtesy of Anglo-Australian Observatory, photograph by David Malin

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने