प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ १/८ पृ. ३२
  • आफ्नो बुबाप्रति गर्व

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफ्नो बुबाप्रति गर्व
  • ब्यूँझनुहोस्‌!—२००२
ब्यूँझनुहोस्‌!—२००२
g०२ १/८ पृ. ३२

आफ्नो बुबाप्रति गर्व

‘यसले गर्दा म मेरो बुबाप्रति अझै बढी गर्व गर्छु!’ एउटी १२ वर्षीया केटीले यस्तो उद्‌गार व्यक्‍त गर्दै यहोवाका साक्षीहरूको भारत शाखालाई पत्र लेखिन्‌। उनी डिसेम्बर ८, १९९९ ब्यूँझनुहोस्‌!-को “विश्‍वदर्शन” स्तम्भअन्तर्गत “चासो दिने बुबाका छोराहरू खुसी हुन्छन्‌” शीर्षक लेखका विषयवस्तुबारे कुरा गर्दै थिइन्‌। बुबाले आफ्ना छोराहरूप्रति व्यक्‍तिगत चासो देखाउँदा पछि गएर तिनीहरू आत्मविश्‍वास भएका तथा आशावादी वयस्कहरू बन्‍न सक्छन्‌ भनी एउटा अध्ययनले पत्ता लगाएको तथ्यलाई उक्‍त लेखले उल्लेख गरेको थियो।

आफू र आफ्नी जुम्ल्याहा बहिनीप्रति यस्तो व्यक्‍तिगत चासो देखाउने बुबा पाएकोमा म अत्यन्तै कृतज्ञ छु भनेर उनले भनिन्‌। “आज विद्यार्थीहरूको लागि यो पत्रिका निकै उपयोगी छ” भन्दै विश्‍व घटनाहरूबारे ब्यूँझनुहोस्‌!-ले रिपोर्ट गर्ने तरिका आफूलाई निकै मन परेको कुरा उनले व्यक्‍त गरिन्‌।

आज मानिजातिले सामना गर्नुपरिरहेका जटिल समस्याहरूको सामना गर्न परिवारहरूलाई मदत दिनको लागि यहोवाका साक्षीहरूले पारिवारिक आनन्दको रहस्य नामक १९२ पृष्ठे पुस्तक प्रकाशित गरेका छन्‌। यसले परिवारका सबै सदस्यहरू; जस्तै: पति, पत्नी, आमाबाबु, केटाकेटी, हजुरबुबा, हजुरआमाहरू सबैलाई मदतकारी निर्देशन प्रदान गर्छ। यसका केही शिक्षाप्रद अध्यायहरू यसप्रकार छन्‌: “बच्चालाई शैशवकालदेखि प्रशिक्षण दिनुहोस्‌,” “तपाईंको किशोरकिशोरीलाई फल्न फुल्न मदत दिनुहोस्‌” र “आफ्नो परिवारमा शान्ति कायम राख्नुहोस्‌।”

थप जानकारी चाहनुहुन्छ भने कृपया सँगैको कुपन भरेर यहाँ दिइएको ठेगाना वा यही पत्रिकाको पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये तपाईंलाई पायक पर्ने ठाउँमा पठाउनुहोस्‌। तपाईंले आफ्ना समस्याहरू समाधान गर्न तथा सृष्टिकर्ताले चाहनुहुने आनन्दमय पारिवारिक जीवन निर्माण गर्न केही खास सुझाउहरूबाट लाभ उठाउनुहुनेछ। (g01 12/22)

□ मलाई पारिवारिक आनन्दको रहस्य पुस्तकबारे जानकारी पठाइदिनुहोस्‌।

□ कृपया निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने