प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ १०/८ पृ. २८-२९
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “संसारको सबैभन्दा सानो”
  • अगमवाणीहरू एउटै पूरा भएनन्‌
  • मोनार्क पुतलीको विपत्ति
  • “सही हुनुका साथै कवितात्मक”
  • “अनौठो जोडी”
  • हत्यारा ह्वेलहरू बेग्लै बोलीबाट आकर्षित
  • सबैभन्दा छिटो चल्ने रोलर कोस्टर
  • भारतमा चुरोटसित सम्बन्धित मुटुसम्बन्धी रोगहरू
  • अग्ला भवनहरूको माग अझै घटेको छैन
  • घरपालुवा जनावरहरू—उनीहरूप्रति सन्तुलित दृष्टिकोण राख्नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२००४
  • जनावरहरू परमेश्‍वरका वरदान
    ब्यूँझनुहोस्‌!—२००४
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—२०००
ब्यूँझनुहोस्‌!—२००२
g०२ १०/८ पृ. २८-२९

विश्‍वदर्शन

“संसारको सबैभन्दा सानो”

केवल दुई सेन्टिमिटर लामो “संसारको सबैभन्दा सानो माउसुली,” डोमिनिकन गणतन्त्रको जारागुआ राष्ट्रिय निकुञ्जमा फेला परेको छ। “यसको लागि सबैभन्दा ठूलो खतरा भनेको यसलाई जलवियोजन हुनु हो किनभने यो सानो जीवको शरीरको तुलनामा निकै ठूलो भूमि उपलब्ध छ” भनेर लण्डनको द टाइम्स बताउँछ। “यो जीव सबैभन्दा सानो माउसुली मात्र होइन तर एम्नियोट जातिमध्ये नै सबैभन्दा सानो हो र यो जातिमा २३,००० प्रकारका सरीसृप, चराचुरुंगी र स्तनपायीहरू पर्छन्‌।” यो जत्रै सानो माउसुली भनेको नजिकैको ब्रिटिश भर्जिन टापुहरूमा पाइने एक प्रकारको माउसुली हो। उक्‍त अखबार फेरि यसो भन्छ: “क्यारेबियन टापुहरूमा संसारको सबैभन्दा सानो चरा, पाँच सेन्टिमिटर लामो बी हमिङबर्ड, सीसाकलमबाट सीसा निकालेको खण्डमा त्यो प्वालबाट छिर्न सक्ने मसिनो एन्टिलियन थ्रेडस्नेक पनि छ।” (g02 9/8)

अगमवाणीहरू एउटै पूरा भएनन्‌

“भावी बताउने, ज्योतिषी र भविष्य हेर्ने समूहको लागि सन्‌ २००१ अर्को असफल वर्ष साबित भयो” भनी जर्मन अखबार सुडोइच जाइटुङ बताउँछ। पारासायन्सको लागि जर्मनीको निकायले उक्‍त वर्षका लागि गरिएका अगमवाणीहरूको आधारमा उक्‍त निष्कर्ष निकाल्यो। एउटा कुरा, तिनीहरूमध्ये कसैले पनि सेप्टेम्बर ११ मा भएको आक्रमण वा अफगानिस्तानको युद्धबारे पहिल्यै बताउन सकेनन्‌। न त तिनीहरूले जर्मनीमा भएको आर्थिक मन्दीबारे भविष्यवाणी गर्न सके। यसको विपरीत तिनीहरू भविष्यबारे निकै आशावादी थिए। भावी बताउने एउटी महिलाले सन्‌ २००१ देखि संसारमा “शान्तिको समय” सुरु हुनेछ भनेर भविष्यवाणी गरेकी थिइन्‌। कहिलेकाहीं आकलझुकल मानव अगमवाणीहरू साँचो साबित भए तापनि कुन-कुन पूरा हुनेछन्‌ भनेर कसैले भन्‍न सक्दैन भनी उक्‍त अखबारमा बताइएको छ। सोही अखबार अझ यसो भन्छ: “तथापि गल्ती गर्नु मानिसको चिनारी हो भन्‍ने प्रशस्त प्रमाण पाइन्छ।” (g02 9/8)

मोनार्क पुतलीको विपत्ति

जनवरी महिनामा चिसो हुरीबतास र त्यसपछिको कठांग्रिने जाडोले मेक्सिकोको मोनार्क पुतलीको दुइटा ठूलो दललाई खत्तम पारेको छ। द न्यु योर्क टाइम्स-मा रिपोर्ट गरिएअनुसार अनुसन्धाताहरूको अनुमानमा स्येरा चिङ्‌क्वामा ७४ प्रतिशत र रोजारियोमा ८० प्रतिशत विनाश भएका छन्‌। अरू स-साना समूहको साथै . . . यी ठूलठूला समूहका पुतलीहरू नै पूर्वीय संयुक्‍त राज्य अमेरिका र क्यानाडाका पुतलीहरूका प्रजनन टोली हुन्‌।” लगभग २२ देखि २७ करोड पुतलीहरू चिसोले कठांग्रिएर रूखबाट खसे अनि कुनै-कुनै ठाउँका जमिनहरू यी खसेका पुतलीहरूले टम्मै ढाकिएका थिए। यस्तो क्षतिले यस जातका पुतलीहरूलाई खासै खतरा पुऱ्‍याउँदैन तर संख्या कम हुँदा भविष्यमा मौसम र रोगबिमारको कारण यिनीहरू संकटमा पर्नसक्छन्‌ भनी अनुसन्धाताहरूले बताएका छन्‌। यी मोनार्क पुतलीहरूको वर्षेनी वसन्त ऋतुमा मेक्सिकोबाट उत्तरतिर बसाइँ सर्ने उल्लेखनीय स्वभाव छ। तिनीहरू दक्षिणी संयुक्‍त राज्य अमेरिकामा फूल पार्छन्‌। यी हुर्केर पुतली बनेपछि बसाइँ सर्ने क्रम कायमै रहन्छ र ग्रीष्म ऋतुसम्म क्यानाडामा पुग्छन्‌। (g02 9/8)

“सही हुनुका साथै कवितात्मक”

बाइबल “काल्पनिक नभई अझ बढी तथ्यगत छ” भनी फ्रान्सिसी प्रकृति पत्रिका टेर सोभाज बताउँछ। इजरायलमा कार्यरत प्रकृतिविद्‌हरूले बाइबल धार्मिक पुस्तक भए तापनि यसमा “प्राणी विज्ञानसम्बन्धी यथार्थ तथा सही विवरण” छ भनी बताएका छन्‌। प्राणी शास्त्रीहरूको लागि “भजनसंग्रह तथा हितोपदेश अनमोल जानकारीको भण्डार हो” भनेर बताउँदै उक्‍त लेख अझ यसो भन्छ: “अय्यूबको पुस्तकले घोरलको गर्भाधारण अवधिको साथै जंगली गधा तथा जलगैंडाबारे सही तर एकदमै कवितात्मक ढंगमा वर्णन गरेको छ।” (g02 9/8)

“अनौठो जोडी”

“सिंहिनी र घोरलको पाठो बीचको कुनै पनि सम्बन्ध अत्यन्तै क्षणिक हुनुका साथै घोरलको लागि घातक साबित हुने अनुमान गरिन्छ” भनी दी इकोनोमिस्ट टिप्पणी गर्छ। यद्यपि, लेखको सँगै छापिएको चित्रले सिंहिनी र घोरलको पाठो मिलेर बसिरहेको देखाउँछ। उक्‍त लेखमा थप यसो भनिएको थियो: “यो अनौठो जोडी डिसेम्बर २१ तारिखका दिन केन्याको साम्बुरु वन्यजन्तु आरक्षमा देखिएको थियो अनि तिनीहरूलाई पछ्याउँदै दुई जना वन्यजन्तु फोटोग्राफरले फोटो खिचेका थिए . . . अनि अर्को सिंहले त्यो घोरललाई जनवरी ६ तारिखका दिन मार्नुअघिसम्म फोटो खिचिरहेका थिए।” के यो “सामाजिक सामिप्य” हो अर्थात्‌ बच्चा जन्माउने बित्तिकै अर्को जनावरलाई आफ्नो जस्तै गरी स्वीकार्ने अवस्था हो? प्राप्त प्रमाणअनुसार त्यस्तो हुन सक्दैन भनी दी इकोनोमिस्ट बताउँछ। “यो घटना साह्रै अचम्मको हुनुको कारण के हो भने, उक्‍त पाठोको आमा जीवितै र दुध दिइरहेकी थिई अनि सिंहिनी पूरा हुर्किसकेको र बच्चा जन्माइसकेकी आमाजस्तो देखिंदैनथिई। यसबाहेक, “घोरलको पाठोले (जस्तै: आमाको थुन चुस्न जाँदा) नभई उल्टो सिंहिनीले पछ्यारहेकी थिई।” लेखको अन्तमा यसो भनिएको छ: “आफूले ‘सिकार’ बनाउन सक्ने प्राणीलाई किन त्यसले आफ्नो जस्तै गरी पाल्न चाह्‍यो भन्‍ने कुरा रहस्य नै रहेको छ।” (g02 9/8)

हत्यारा ह्वेलहरू बेग्लै बोलीबाट आकर्षित

“एउटा सानो पोखरीमै आफ्नो सम्पूर्ण जीवन बिताउने हत्यारा ह्वेलहरूले त्यही पोखरीमा भएका भालेहरूबाट मात्र सन्तान जन्माउन सक्छन्‌, होइन र?” भनी क्यानाडाको द भ्यानकुभर सन प्रश्‍न गर्छ। “ब्रिटिश कोलम्बिया र ३४० वटा डि एन ए नमुनामा आधारित आनुवंशिक अनुसन्धान र भ्यानकुभर अक्वेरियमका वरिष्ठ वैज्ञानिक लान्स ब्यारिट-लेनार्डले पत्ता लगाएअनुसार पोथीहरू अर्कै पोखरीका भालेहरूबाट सन्तान जन्माउँछन्‌” तर त्यो एकदमै टाढा वा पृथक समूहको भने नहुन सक्छ। “एउटै परिवारका सदस्यहरूबाट सन्तान जन्मेको कुनै प्रमाण पाइँदैन” भनी ब्यारिट-लेनार्ड बताउँछ। “प्रायजसो बेग्लाबेग्लै बोली गर्ने भाले-पोथीबाट सन्तान जन्मन्छ।” उक्‍त लेखले थप बताएअनुसार “हत्यारा ह्वेलहरूले सकेसम्म पटक्कै नाता नपर्नेबाट जोडी खोज्छन्‌ र यो सायद अर्को ह्वेल र आफूसित पटक्कै नमिल्ने बेग्लै ध्वनि वा भाषा भएका ह्वेलहरू रोज्छन्‌। (g02 9/22)

सबैभन्दा छिटो चल्ने रोलर कोस्टर

“संसारको सबैभन्दा छिटो चल्ने रोलर कोस्टर फुजिक्यु हाइल्याण्ड रमाइलो मेलामा सुरु गरिएको छ” भनी जापानको आशाही शिम्बुन रिपोर्ट गर्छ। सुरु गरेको दुई सेकेण्डभित्र प्रति घण्टा १७२ किलोमिटर (प्रति घण्टा १०६ माइल) गतिमा चल्ने यो रोलर कोस्टर मुटु कमजोर भएकाहरूको लागि पटक्कै होइन। यो रकेटबाट उछिट्टिनु सरह हुनेछ। यसमा चढ्‌नेहरूले महसुस गर्ने गुरुत्वाकर्षण शक्‍तिको तनाव साधारणतया लडाकु विमानचालकहरूले महसुस गर्नेजस्तै हुन्छ। यो रोलर कोस्टर निर्माण गर्ने कम्पनीका परियोजना निर्देशक, हिथ रबर्टसनले यसो भने: “सबैभन्दा पहिला जमिन छोड्‌दा हवाईजहाजको २.५ जि एस [गुरुत्वाकर्षण शक्‍तिको २.५ गुणा] हुन्छ। यसमा भने ३.६ जि एस हुन्छ।” रोलर कोस्टर “स-साना हवाईजहाजको जस्तो चक्कामा” गुड्‌छ अनि “सानो रकेट बराबरको” ५०,००० अश्‍वशक्‍ति उत्पादन गर्ने तीनवटा वायु कम्प्रेशरले जति शक्‍ति निकाल्छ। (g02 9/22)

भारतमा चुरोटसित सम्बन्धित मुटुसम्बन्धी रोगहरू

“[भारतका] वरिष्ठ मुटु विशेषज्ञहरूअनुसार मुटुसम्बन्धी समस्यामा वृद्धि भइरहेको छ” भनी मुम्बई न्युजलाइन टिप्पणी गर्छ। “जसलोक अस्पतालको मुटु विभागका निर्देशक, डा. अश्‍विन मेहताअनुसार भारतीयहरूको मुटुसम्बन्धी रोग हुन सक्ने आनुवंशिक झुकाव छ।” अझ चिन्ताको विषय के हो भने, धेरै जवान मानिसहरू “धूम्रपानको कारण हृदय रोगको सिकार भइरहेका छन्‌।” बम्बई अस्पतालका, परामर्शविद्‌ मुटु विशेषज्ञ डा. पि. एल. तिवारीको विचारमा अहिल्यै आमूल कदम नचालेको खण्डमा मुटु रोगीहरूको अग्रपंक्‍तिमा भारत पुग्नेछ। छिमेकी राष्ट्र बंगलादेशमा ३५ देखि ४९ वर्षबीचका ७० प्रतिशतभन्दा बढी पुरुषहरू धूम्रपान गर्छन्‌ भनी द टाइम्स अफ इन्डिया बताउँछ अनि “आयस्रोत कम हुँदा धूम्रपान गर्ने दर” भने बढेको छ। औसतमा हेर्ने हो भने, धूम्रपान गर्ने व्यक्‍तिले “प्रति व्यक्‍ति आयबाट कपडा, आवास, स्वास्थ्य र शिक्षामा गर्ने कुल खर्चभन्दा दुई गुणा बढी चुरोटमा खर्च गर्छ।” सुर्तीमा गरिने खर्चलाई भोजनतिर लगाइएको खण्डमा यस गरिब देशका एक करोड पाँच लाख कुपोषणबाट पीडित जनसाधारणले पर्याप्त खाना पाउने थिए भन्‍ने अनुमान गरिएको छ। (g02 9/22)

अग्ला भवनहरूको माग अझै घटेको छैन

“गगनचुम्बी जुम्ल्याहा भवनको विनाशले वास्तुविद्‌ तथा इन्जिनियरहरूलाई झसंगै पार्नुका साथै पहिले कहिल्यै नभोगेको कुरा महसुस गर्न बाध्य तुल्यायो” भनी यु.एस.न्युज एण्ड वर्ल्ड रिपोर्ट बताउँछ। केही समयको लागि असाधारण सतर्कता अपनाए तापनि गगनचुम्बी भवनहरूको माग घट्‌ने छैन।” एउटा कारण हो, केही मुलुकहरूमा जमिनको अभाव हुनुका साथै असाध्यै महँगो छ। साथै, शहरहरू आफ्नो शहरको घमण्ड गर्न चाहन्छन्‌। अत्यन्तै अग्ला भवनहरूले “मानचित्रमा आफ्नो ठाउँको प्रतिष्ठा बढाउनुका साथै आधुनिकताको आभाष दिन्छ” भनी मासाचुसेट्‌स इन्स्टिच्युट अफ टेक्नोलजीको वास्तुविद्‌ तथा परियोजना विभागका डीन, विलियम मिशेल भन्छन्‌। तथापि, वास्तुविद्‌हरू भने भवनलाई अझ सुरक्षित कसरी बनाउने भन्‍ने कुरामा विवाद गरिरहेका छन्‌। विष्फोटन प्रतिरोधक भित्ता तथा झ्यालहरू बनाएर भवनहरू मजबूत बनाउन सकिन्छ तर यसो गर्दा गह्रौं हुनुका साथै असाध्यै महँगो हुन्छ। चीनमा निर्माणसम्बन्धी नियमअनुसार हरेक १५ तलाको अन्तरमा खुला, रित्तो “शरण तला” हुनुपर्छ। अरू ठाउँका निर्माण नीति-नियमहरूले भने माथि टुप्पोसम्मै पुग्ने विद्युतीय भऱ्‍याङ हुनुपर्ने र त्यो वारुणकर्मीहरूको प्रयोगको लागि अलग्गै छुट्याउनुका साथै धुवाँले बाधा नपुऱ्‍याउने भऱ्‍याङ हुनुपर्ने माग राखेका छन्‌। अहिल्यै पनि संसारको सबैभन्दा अग्लो भवन हुन सक्ने साङ्‌घाइ वर्ल्ड फाइनान्सियल सेन्टरका निर्माताहरूले निर्माण कार्यमा थप सुरक्षा कदम चालेका छन्‌। (g02 9/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने