प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ ११/८ पृ. १७-२२
  • के तपाईंलाई थाह छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई थाह छ?
  • ब्यूँझनुहोस्‌!—२००२
  • उपशीर्षकहरू
  • (यस हाजिरीजवाफका उत्तरहरू तल उल्लिखित बाइबल पदहरूमा पाइन्छन्‌ र जवाफहरूको सूची पृष्ठ २२ मा छापिएको छ। थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित “इन्साइट अन द स्क्रिप्चर्स” हेर्नुहोला।)
  • हाजिरीजवाफका उत्तरहरू
ब्यूँझनुहोस्‌!—२००२
g०२ ११/८ पृ. १७-२२

के तपाईंलाई थाह छ?

(यस हाजिरीजवाफका उत्तरहरू तल उल्लिखित बाइबल पदहरूमा पाइन्छन्‌ र जवाफहरूको सूची पृष्ठ २२ मा छापिएको छ। थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित “इन्साइट अन द स्क्रिप्चर्स” हेर्नुहोला।)

१. राजा नबूकदनेसरले देखेको सपनामा विशाल रूख ढालिएपछि त्यसलाई के दिइनेछ भनी स्वर्गदूतले बताए? (दानियल ४:१६)

२. आफ्नो विवाह भोजमा शिमशोनले पलिश्‍तीहरूलाई के थापे, जसले गर्दा पछि तिनले अश्‍कलोनमा ३० जना पलिश्‍तीहरूलाई मारे? (न्यायकर्त्ता १४:१२-१९)

३. एउटा स्थायी कानूनले गर्दा बेबिलोनका कुन शासक दानियललाई सिंहको खोरमा हाल्न बाध्य भए? (दानियल ६:९)

४. रानी वश्‍तीको सौन्दर्य सबैको सामु देखाउन राजा अहासूरसले आफ्नी रानीलाई ल्याउन कति जना शाही कर्मचारीहरू पठाए? (एस्तर १:१०)

५. याकूबको विवरणअनुसार परमेश्‍वरले “पवित्र र शुद्ध धर्म[बाट]” चाहनुहुने दुईवटा कुरा के-के हुन्‌? (याकूब १:२७)

६. यहूदी कमारा आफ्नो मालिकदेखि स्वतन्त्र हुन नचाहेको खण्डमा मालिकले के गर्नुपर्थ्यो? (प्रस्थान २१:६)

७. रूबेन कुलको एलीआबका कुन दुई छोराहरूले कोरहलाई मोशा र हारूनको विरोध गर्न मदत गरेका थिए? (गन्ती १६:१-३)

८. छालालाई नबिगार्ने सन्दर्भमा इस्राएलीहरूलाई कस्तो निषेधाज्ञा दिइएको थियो? (लेवी १९:२८)

९. राजा हिजकियाहकी आमा को थिइन्‌? (२ राजा १८:२; २ इतिहास २९:१)

१०. सुलेमानका अनुसार “संसारमा सबै कामको” के छ? (उपदेशक ३:१)

११. भर्त्सना गरिएको कुरा सुनेर राजा यहोयाकीमले बेहेरूवा जलाइदिएपछि यहोवाले यर्मियालाई के गर्ने आज्ञा दिनुभयो? (यर्मिया ३६:२७-३२)

१२. शास्त्री-पूजाहारीको रूपमा को चिरपरिचित थिए? (नेहेम्याह ८:९)

१३. अनिकालको बेला फेरि मिश्र फर्केर अनाज किन्‍न भनी बुबाले गरेको अनुरोधलाई याकूबका छोराहरूले किन अस्वीकार गरे? (उत्पत्ति ४३:१-५)

१४. कुन अर्थमा आदम ‘परमेश्‍वरकै स्वरूपमा’ सृजिए? (उत्पत्ति ५:१)

१५. फरिसीहरूले ‘व्यवस्थाका गहकिला कुराहरूलाई’ बेवास्ता गरेर स-साना कुराहरूको दशांश चढाउने सन्दर्भमा येशूले उल्लेख गर्नुभएको त्यो कडा बास्ना आउने जडीबुटी के थियो? (मत्ती २३:२३)

१६. यर्मियाले कसरी रेकाबीहरूको आज्ञाकारीता जाँचे? (यर्मिया ३५:३-६)

१७. यूसुफलाई जंगली जनावरले मारेछ भनी विश्‍वस्त गराउन यूसुफका दस जना दाइहरूले याकूबलाई कसरी झुक्याए? (उत्पत्ति ३७:३१-३३)

१८. कोही-कोही ठूलो जीउडालको भए तापनि बाइबलमा उल्लिखित सबैभन्दा प्रख्यात अजंगको मानिस को हो? (१ शमूएल १७:४)

१९. प्रतिज्ञा गरिएको देश हेरेपछि कुन डाँडामा मोशाको मृत्यु भयो? (व्यवस्था ३२:४९, ५०)

२०. बासस्थान र पछि मन्दिर कुन दिशातिर फर्केको थियो? (गन्ती ३:३८) (g02 10/8)

हाजिरीजवाफका उत्तरहरू

१. “पशुको मन।” नबूकदनेसरले मानसिक सन्तुलन गुमाउनेथिए र पशुजस्तो व्यवहार गर्नेथिए

२. अड्‌को

३. दारा

४. सात जना

५ ‘अनाथ र विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गरेको र आफूलाई दुनियाँबाट निष्कलंक राखेको’

६. ढोका वा ढोकाको संघारमा ल्याएर “त्यसको कान सुतारीले छेंड्‌नुपर्थ्यो”

७. दातान र अबीराम

८. छाप

९. अबियाह वा छोटकरीमा अबी

१०. “समय छ”

११. नयाँ तथा पुरानोभन्दा लामो बेहेरूवा लेख्न लगाए

१२. एज्रा

१३. सबैभन्दा कान्छो भाइ, बिन्यामीनलाई आफ्नो साथमा नल्याउन्जेल मेरो सम्मुख आउन पाउनेछैनौ भनी मिश्रका शासकले भनेका थिए

१४. तिनीसित पृथ्वीमा भएका अन्य सबै प्राणीहरूसित भन्दा धेरै उत्कृष्ट मानसिक शक्‍ति तथा क्षमता, जस्तै: ईश्‍वरीय गुणहरू र नैतिकताको भाव थियो

१५. पदीना

१६. तिनीहरूका अघि दाखमद्य राखिदिएर त्यो खान लगाए, जुन कुरा तिनीहरूको पितापूर्खाले दिएको आज्ञाविपरीत थियो

१७. तिनीहरूले यूसुफको लबेदा बोकाको रगतमा चोपे र याकूबकहाँ ल्याए

१८. गोल्यत

१९. नबो

२०. पूर्वतिर

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने