प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 १/८ पृ. ३२
  • “प्रमोदवनको सपना”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “प्रमोदवनको सपना”
  • ब्यूँझनुहोस्‌!—२००३
ब्यूँझनुहोस्‌!—२००३
g03 १/८ पृ. ३२

“प्रमोदवनको सपना”

गत वर्ष यहोवाका साक्षीहरूको पापुआ न्यु गिनीस्थित शाखा कार्यालयमा मोरोबा प्रान्तका लेईमा बसोबास गर्ने ब्यूँझनुहोस्‌!-का पाठकबाट एउटा पत्र प्राप्त भएको थियो। तिनले यसो भने:

“पाँच वर्षअघि (जब म पोर्ट मोरेस्बीमा थिएँ) तपाईंहरूको संगठनले प्रकाशित गर्ने ब्यूँझनुहोस्‌! पत्रिका पढ्‌ने राम्रो निर्णय गरें भनेर मैले नढाँटी भन्‍नै पर्छ। मैले सन्‌ १९९७ देखिको सबै अंक पढेको छु। मेरो घरभरि ब्यूँझनुहोस्‌! पत्रिकाहरू छन्‌।

“मैले धेरै कुरा सिकें। मेरो शब्द भण्डार, सामान्य ज्ञान, व्याकरण अनि सृष्टिकर्ताबारे समझ धेरै बढेको छ। म आफै पनि खुला मनको, अरूको ख्याल गर्ने, ध्यान दिएर सुन्‍ने हुनुका साथै बोटबिरुवा तथा जनावरहरूको आदर गर्ने भएको छु। अझ धेरै मानिसहरूले ब्यूँझनुहोस्‌! र तपाईंको संगठनले प्रकाशित गर्ने अन्य साहित्यहरू पढ्‌नुपर्छ भन्‍ने मेरो राय छ।”

उक्‍त पाठकले अन्तमा यसो भने: “मेरो विचारमा संसारमा भएका सबै मानिसहरू यहोवाका साक्षीहरू भएको खण्डमा प्रमोदवनको हाम्रो सपना रातारात साकार हुनेछ। यो राम्रो काम गर्न नछोड्‌नुहोस्‌।”

यहोवाका साक्षीहरूको प्रकाशनले परमेश्‍वरको राज्यले अब चाँडै वर्तमान रीतिरिवाजलाई हटाएर बाइबलले प्रतिज्ञा गरेको नयाँ संसार स्थापना गर्नेछ भनी औंल्याउँछ। ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ भन्‍ने पुस्तकले मानिसजातिको समस्याको समाधान त्यही राज्य हो भनेर देखाउँछ।

थप जानकारीको लागि तपाईं आफैले जाँचेर हेर्न यो १९२ पृष्ठे पुस्तक मगाउन सक्नुहुन्छ। सँगैको कुपन भरेर पृष्ठ ५ मा उल्लिखित उपयुक्‍त ठेगानामा पठाएर तपाईं यो पुस्तक मगाउन सक्नुहुन्छ। (g02 12/08)

□ मलाई ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ भन्‍ने पुस्तकबारे थप जानकारी पठाउनुहोस्‌।

□ निश्‍शुल्क गृह बाइबल अध्ययन गर्न कृपया मलाई भेट्‌नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने