प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 ६/८ पृ. ३१
  • “सबैभन्दा ठाडो बाटो”?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “सबैभन्दा ठाडो बाटो”?
  • ब्यूँझनुहोस्‌!—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आउनुहोस्‌ सँगै चढौं
  • सडक साक्षीलाई प्रभावकारी बनाउने
    हाम्रो राज्य सेवा—२०११
  • प्रभावकारी सडक साक्षीद्वारा जिज्ञासुहरूलाई भेट्टाउने
    हाम्रो राज्य सेवकाई—१९९४
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००३
  • अलिकता भए पनि चासो देखाएकाहरू सबैलाई फेरि भेट्‌नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००६
ब्यूँझनुहोस्‌!—२००३
g03 ६/८ पृ. ३१

“सबैभन्दा ठाडो बाटो”?

◼ न्युजिल्याण्डको डुनेडीनमा अवस्थित बल्डविन स्ट्रिटको विशेषता के हो? यो बाटो संसारकै सबैभन्दा ठाडो बाटो हो भनी डुनेडीनले दाबी गर्दै आएको छ। यो दाबीलाई चुनौती दिइए तापनि एउटा कुरा भने पक्का छ: बल्डविन स्ट्रिट अनौठो किसिमको ठाडो छ।

यो चिरपरिचित बाटो विश्‍वभरिका आगन्तुकहरूका लागि प्रख्यात पर्टकीय गन्तव्यस्थल भएको छ। नआतिनुहोस्‌, यसको टुप्पामा पुग्न तपाईं पर्वतारोही नै हुनुपर्छ भन्‍ने छैन। यो ३५९ मिटर अग्लो बाटोको टुप्पामा तपाईं पैदलै जान सक्नुहुन्छ तर सवारी चालकहरूलाई भने यस बाटोमा गाडी चलाउन निरुत्साहित गरिएको छ।

आउनुहोस्‌ सँगै चढौं

दिन घमाइलो छ। मेरा दुई जना साथी र म हाम्रो अगाडि भएको ठाडो बाटोलाई तल देखि माथिसम्म हेर्छौं। यात्रा सुरु गरेको केही बेरमै सन्तुलन कायम राख्न अडेस लाग्दै हामी लामो सास तान्छौं। स्याँस्याँ गर्दै कसैले “यो त कंक्रिटको भित्तामा चढेजत्तिकै हो” भन्छ। त्यति नै खेर एउटा बेन्च देख्छौं र त्यहाँ एकछिन थकाइ मार्न लालायित हुन्छौं।

हामी फेरि उकालो चढ्‌न थाल्छौं र केही क्षणमै टुप्पोमा पुगेर खुई काढ्‌दै चारैतिरको खुला मनोरम दृश्‍य हेर्न थाल्छौं। हाम्रो सीधा तल राम्रा-राम्रा घर तथा बगैंचाहरूको सफा पंक्‍ति देखिन्छ। क्षितिजमा लहलहाउँदो चौरलाई गाढा-हरियो बोटविरुवाहरूले बारेझैं देखिन्छ भने, त्यसको ठ्याक्क पछिल्तिर नीलो आकाश देखिन्छ।

हुन त टुप्पोसम्म पैदलै गएर हामीले कुनै नयाँ रेकर्ड कायम गर्दैनौं। तल ओर्लिसकेपछि आरोहणको चिनोस्वरूप हामी एउटा फोटो खिच्छौं र “संसारकै सबैभन्दा ठाडो बाटो” चढ्‌न सफल हुने जतिलाई शहरले प्रदान गर्ने प्रमाणपत्र लिन जान्छौं।—साभार। (g03 5/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने