प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 १०/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००३
  • मिल्दोजुल्दो सामग्री
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००३
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००३
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—२००४
  • चोर्नुमा के खराबी छ?
    ब्यूँझनुहोस्‌!—२००३
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००३
g03 १०/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

गोपनीयता “के तपाईंको गोपनीयता खतरामा छ?” (फेब्रुअरी ८, २००३) भन्‍ने आवरण पृष्ठको शीर्षकले मेरो ध्यान खिच्यो किनभने म यससम्बन्धी सबैभन्दा बढी बिक्री हुने एउटा पुस्तकको लेखक हुँ। तपाईंहरूका लेखकले निकै राम्ररी लेखेका छन्‌। एउटा थप सुझाव यस प्रकार छ: परिचयपत्र सोधेको खण्डमा, तपाईं पासपोर्ट देखाउन सक्नुहुन्छ, जहाँ तपाईंको घरको ठेगाना वा सामाजिक सुरक्षा नम्बर दिइएको हुँदैन।

जे. एल., स्पेन (g03 9/22)

चोर्नु म ११ वर्षको भएँ। “युवा जनहरू सोध्छन्‌ . . . चोर्नुमा के खराबी छ?” (फेब्रुअरी ८, २००३) भन्‍ने लेख मलाई निकै रमाइलो लाग्यो। हुन त मैले सधैं राम्रो अंक ल्याउन नसके तापनि म जति अंक ल्याउँछु, त्यो इमानदारीसाथ कमाएको अंक हो भन्‍ने कुरा मलाई थाह छ। वास्तवमा भन्‍ने हो भने, मेरा कोही-कोही सहपाठीहरू, जसले चोर्छन्‌ उनीहरूले त मेरो भन्दा खत्तम अंक पाउँछन्‌! जे होस्‌, मेरो अन्तस्करण सफा छ र सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको पनि त्यही नै हो।

जी. टी., अष्ट्रिया (g03 9/22)

चोरीलाई हल्कासित लिएको कारण म यसको पासोमा परेको छु। यस लेखले मलाई हिब्रू १३:१८ जस्ता शास्त्रपदहरू सम्झन र भविष्यमा चोर्न प्रलोभित भएको बेला मलाई मदत गर्नेछ।

एन. आई., इटाली (g03 9/22)

म दस कक्षामा पढ्‌छु। जाँचमा चोर्नु भनेको पनि कुनै सरसामान चोर्नु बराबर हो भन्‍ने कुरा कहिल्यै महसुस नगरेको कारण कहिलेकाहीं मेलै जाँचको बेला चोर्ने कोसिस गरेको छु! तर यस लेखको मदतद्वारा अब म आफ्नो अन्तस्करण सफा राख्ने प्रयास गर्नेछु।

के. जी., इस्टोनिया (g03 9/22)

सुरक्षित गर्भावस्था “तपाईंको गर्भावस्था सुरक्षित बनाउने” (फेब्रुअरी ८, २००३) भन्‍ने लेखको लागि म तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु। यस लेखले मलाई गर्भावस्थामा के-कस्ता कुराहरू मुछिएका छन्‌ भनेर छर्लंगसित बुझ्न मदत गरेको छ। म ३२ बर्षको भएँ र मलाई यो लेख एकदमै चाहिएको थियो। गर्भावस्थालाई सुरक्षित बनाउन र यो जस्तो अद्‌भुत उपहारको लागि मूल्यांकन देखाउन मैले के गर्नुपर्छ भन्‍ने कुरा अब मैले बुझें।

बी. सी., इटाली (g03 9/08)

यस लेखले, गर्भवती महिलाले २६ औं देखि २८ औं हप्ताभित्र ग्रुब-बि स्ट्रेप्टोकोकसको लागि परीक्षण गराउन सक्छिन्‌ भनेर बताउँछ। हालै सुझावित समयअनुसार, गर्भवती भएको ३५ औं देखि ३७ औं हप्ताभित्रमा परीक्षण गराउनुपर्छ, २६ औं देखि २८ औं हप्ताभित्रमा होइन। यस लेखका पाठकहरूले २६ औं देखि २८ औं हप्ताभित्र किन परीक्षण गरिएन भनेर आफ्ना डाक्टरहरूलाई सोध्लान्‌। तिनीहरूका डाक्टरहरूले ब्यूँझनुहोस्‌!-लाई आफ्ना बिरामीहरूको लागि जानकारीको भरपर्दो स्रोतको रूपमा अस्वीकार गर्न सक्छन्‌।

एल. एस., संयुक्‍त राज्य अमेरिका (g03 9/08)

“ब्यूँझनुहोस्‌!” जवाफ दिन्छ: हाम्रा लेखहरू ८० वटा भन्दा बढी भाषाहरूमा अनुवाद गर्न सकियोस्‌ भन्‍ने हेतुले महिनौंअगाडि नै तयार पारिन्छन्‌। सुरक्षित गर्भावस्थाबारे लेख लेखेको समयमा, परीक्षणको लागि उचित समय २६ देखि २८ औं हप्तामा हो भनेर थुप्रैले स्वीकारेका थिए। तथापि, अगस्त २००२ मा, द अमेरिकन एकाडमी अफ पेडियाट्रिक्स-ले यु.एस. सेन्टर्स फर डिजीज्‌ कन्ट्रोलद्वारा उनीहरूलाई उपलब्ध गराएको संशोधित जानकारी प्रकाशित गऱ्‍यो। हाल, यी पाठकले सही बताएझैं परीक्षण गराउने सुझावित समय ३५ औं देखि ३७ औं हप्ता नै हो।

पृष्ठ २१ मा भएको पादटिप्पणीले कलेजो र किसमिसमा फोलिक एसिड र आइरन पाउन सकिन्छ भनेर बताउँछ। तथापि, कलेजोमा त प्रशस्त मात्रामा भिटामिन ए पाइन्छ—जुन तपाईंहरूको लेखले बताएअनुसार बच्चाको लागि हानिकारक हुन सक्छ।

बी. जे., ब्रिटेन (g03 9/08)

“ब्यूँझनुहोस्‌!” जवाफ दिन्छ: सावधान गराउनुभएकोमा धन्यवाद।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने