प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 १०/८ पृ. ३१
  • “बाइबलको वर्ष”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “बाइबलको वर्ष”
  • ब्यूँझनुहोस्‌!—२००३
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वर आफ्ना उद्देश्‍यहरू हामीलाई बताउनुहुन्छ
    के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?
  • परमेश्‍वरको वचन प्रयोग गरेर मदत पाउनुहोस्‌ र मदत दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने साँचो शिक्षा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • बाइबल परमेश्‍वरको वचन हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००३
g03 १०/८ पृ. ३१

“बाइबलको वर्ष”

अष्ट्रिया, फ्रान्स, जर्मनी तथा स्वीट्‌जरल्याण्डले सन्‌ २००३ लाई “बाइबलको वर्ष” भनी तोकेका छन्‌। जर्मनीको दैनिक समाचारपत्र फ्य्रान्कफर्टर आल्जेमाइन जाइटुंग यसो भन्छ: “पहिलो चोटि भने पनि अन्तिम चोटि भने पनि सन्‌ १९९२ मा बाइबलको वर्ष मनाइएझैं, [चर्चहरूले] मानिसहरूलाई ‘जीवनको यस पुस्तक’-बारे अझ जागरूक बनाउने र पवित्र धर्मशास्त्रको सांस्कृतिक महत्त्वलाई जोड दिने प्रयास गरिरहेका छन्‌।”

सन्‌ २००२ जूनको बिबेलरिपोर्ट-अनुसार, पूरा वा केही अंश गरेर जम्माजम्मी २,२८७ भाषाहरूमा बाइबल अनुवाद भएका छन्‌। अनुमानहरूले पनि लगभग पाँच अरब बाइबल वितरण भइसकेका छन्‌ भन्‍ने कुरा देखाउँछ। यस्ता विशाल प्रयासहरूले यस पुस्तकलाई मानिसहरू कत्ति सम्मान गर्दा रहेछन्‌ भन्‍ने कुरा स्पष्ट पार्छ।

आज, अधिकांश मानिसहरू बाइबल व्यावहारिक छ भन्‍ने कुरामा विश्‍वस्त नहुन सक्छन्‌। साँच्चै भन्‍ने हो भने, थुप्रै मानिसहरूलाई बाइबलमा भएका स्तरहरू पुरानो जमानाको र जीवनका वास्तविकतासित ठ्याम्मै मेल खाँदैन जस्तो लाग्छ। तथापि, बाइबलको वर्षसँगसँगै जर्मनीका चर्चहरूले दुईवटा कुरा प्राप्त गर्ने आशा राखेका छन्‌—मानिसहरूलाई बाइबलबाट नटाढीकन जीवन बिताउन अझ बढी प्रोत्साहन दिने र चर्चदेखि तर्किएर गएका व्यक्‍तिहरूमा बाइबलप्रति उत्साह जगाउने।

सुरुदेखि अन्तसम्मै बाइबल पढ्‌नु भनेको कुनै चानचुने उपलब्धि होइन तर धर्मशास्त्रका मुख्य बुँदाहरू बुझ्न निश्‍चय पनि राम्रो तरिका हो। तथापि, बाइबलबाट धेरैभन्दा धेरै लाभ उठाउन चाहने व्यक्‍तिले २ तिमोथी ३:१६, १७ मा बताइएको कुरालाई मनमा राख्नुपर्छ: “परमेश्‍वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई, उचित जीवन यापन गर्नालाई उपयोगी हुन्छ, र परमेश्‍वरको जन हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध भएको होस्‌।”

जर्मन कवि, योहान भोल्फगान भन गोथेले (१७४९-१८३२) यस्तो विचार व्यक्‍त गरे: “बाइबलमा भएको कुरा जति राम्ररी बुझ्न सकिन्छ, उति नै यो अझ रोचक हुन्छ भन्‍ने कुरामा म विश्‍वस्त छु।” साँच्चै, परमेश्‍वरको वचनमा मात्रै हामी कहाँबाट आएका हौं, हामी यहाँ किन छौं र हाम्रो भविष्य कस्तो छ भन्‍ने कुराको भरपर्दो स्पष्टीकरण पाउँछौं!—यशैया ४६:९, १०. (g03 9/22)

[पृष्ठ ३१-मा भएको चित्रको स्रोत]

From the book Bildersaal deutscher Geschichte

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने