प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 १२/८ पृ. २४-२५
  • जब तपाईंका प्रियजनहरूको बेग्लै विश्‍वास हुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जब तपाईंका प्रियजनहरूको बेग्लै विश्‍वास हुन्छ
  • ब्यूँझनुहोस्‌!—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विशेष सम्बन्ध
  • व्यावहारिकता अत्यावश्‍यक छ
  • सम्पर्क राखिराख्नुहोस्‌ र प्रेम प्रकट गर्नुहोस्‌
  • सासू-ससुरासितको सम्बन्धलाई कसरी राम्रो बनाइराख्ने?
    सुखी परिवार तर कसरी?
  • सत्यले ‘शान्ति होइन तर फूट गराउँछ’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • हाम्रा वृद्ध आमाबाबुको मान गर्ने
    पारिवारिक आनन्दको रहस्य
  • नातेदारहरूलाई साक्षी दिने—कसरी?
    हाम्रो राज्य सेवकाई—२००४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००३
g03 १२/८ पृ. २४-२५

बाइबलको दृष्टिकोण

जब तपाईंका प्रियजनहरूको बेग्लै विश्‍वास हुन्छ

एउटा अनुमानअनुसार संसारभरि १०,००० भन्दा बढी धर्म र गुटहरू छन्‌। एउटा देशमा वयस्क जनसंख्याको १६ प्रतिशत जतिले आफ्नो जीवनको कुनै न कुनै घडीमा आफ्नो धर्म परिवर्तन गरेका छन्‌। त्यसकारण, नातेदार तथा साथीहरूबीच धार्मिक विश्‍वाससम्बन्धी मतभेद हुनु कुनै अचम्मको कुरा होइन। कहिलेकाहीं यसले गर्दा सम्बन्धहरूमा फाटो आउँछ। अतः प्रश्‍न उठ्‌छ, बेग्लै विश्‍वास भएका प्रियजनहरूलाई मसीहीहरूले कस्तो व्यवहार गर्नुपर्छ?

विशेष सम्बन्ध

उदाहरणका लागि, आमाबाबु र छोराछोरीबीचको विशेष सम्बन्धबारे बाइबलले के भन्छ, विचार गर्नुहोस्‌। “आफ्नो बाबु र आमालाई आदर गर्‌” भन्‍ने प्रस्थान २०:१२ मा दिइएको आज्ञामा कुनै निश्‍चित समय तोकिएको छैन। वास्तवमा, यो आज्ञाबारे मत्ती १५:४-६ मा येशूले गर्नुभएको छलफलअनुसार उहाँले आमाबाबुलाई वयस्क छोराछोरीले दिने आदरबारे बताइरहनुभएको थियो।

बाइबलको पुस्तक, हितोपदेशले आफ्ना आमाबाबुप्रति अनादर देखाउने विरुद्ध चेतावनी दिन्छ। हितोपदेश २३:२२ मा “आफ्नी आमा वृद्ध हुँदा तिनलाई तुच्छ नठान्‌” भन्‍ने सल्लाह दिइएको छ। एकदमै जोड दिंदै हितोपदेश १९:२६ यस्तो चेतावनी दिन्छ, “बाबुसँग मुख-मुख लाग्नेले आफ्नी आमालाई पिरोल्छ, त्यो आफ्ना बाबु-आमालाई लाजमा पार्ने र बेइज्जत गर्ने छोरा हो।”

हामीले आफ्ना आमाबाबुको बेवास्ता गर्नुहुँदैन भनेर धर्मशास्त्रमा स्पष्टसित बताइएको छ। आमाबाबुले हामीले मानेको धर्म स्वीकार्दैनन्‌ भन्दैमा तिनीहरूसित हाम्रो सम्बन्ध टुट्‌दैन। यसरी नै, यी बाइबल सिद्धान्तहरू रगतका अरू नाता तथा आफ्नो विवाहित जोडीको सन्दर्भमा पनि लागू हुन्छ। स्पष्टतः मसीहीहरूले आफ्ना नातेदाहरूलाई प्रेम गर्नु नैतिक तथा धर्मशास्त्रीय दायित्व हो।

व्यावहारिकता अत्यावश्‍यक छ

निस्सन्देह, बाइबलले खराब सङ्‌गत विरुद्ध चेतावनी दिन्छ अनि आफ्नो नजिकको नातेदारबाट यस्तो असर आउन सक्छ। (१ कोरिन्थी १५:३३) विगतमा परमेश्‍वरका थुप्रै विश्‍वासी सेवकहरू आफ्ना आमाबाबु असहमत भए तापनि सत्यको पक्षमा खडा भए। कोरहका छोराहरूको सन्दर्भमा यो पक्कै हो। (गन्ती १६:३२, ३३; २६:१०, ११) साँचो मसीहीहरूले अरूलाई अर्थात्‌ आफ्ना नातेदारहरूलाई रिझाउन समेत आफ्नो विश्‍वासमा सम्झौता गर्नु हुँदैन।—प्रेरित ५:२९.

कुनै-कुनै अवस्थामा आमाबाबु वा अरू प्रियजनहरूले मसीहीको विश्‍वास विरुद्ध घोर विरोध गर्न सक्छन्‌। कोही-कोही साँचो मसीहीधर्मको शत्रुसमेत हुन सक्छन्‌। त्यस्तो अवस्थामा मसीहीहरूले आफ्नो आध्यात्मिकता जोगाउन व्यावहारिक कदम चाल्छन्‌। येशूले भन्‍नुभएको यो कुरा एकदमै उपयुक्‍त छ: “मानिसका शत्रु ता उसको आफ्ना परिवार भित्रकैहरू हुनेछन्‌। बाबु अथवा आमालाई मभन्दा बढ़ता माया गर्ने मेरो योग्यको हुँदैन र छोरा वा छोरीलाई बढ़ता माया गर्ने मेरो योग्यको हुँदैन।”—मत्ती १०:३६, ३७.

तथापि, प्रायजसो अवस्थामा मसीहीहरूले आफ्ना प्रियजनहरूबीच घोर विरोधको सामना गर्दैनन्‌। कुरा यति हो, तिनीहरूका नातेदारहरूको विश्‍वास, बाइबलका शिक्षाहरूको समझअनुसार हुँदैन। बेग्लै विश्‍वास भएका व्यक्‍तिहरूलाई “नम्रसँग” र “श्रद्धासाथ” व्यवहार गर भनी पवित्र धर्मशास्त्रले ख्रीष्टका अनुयायीहरूलाई प्रोत्साहन दिन्छ। (२ तिमोथी २:२५; १ पत्रुस ३:१५, नयाँ संशोधित संस्करण) बाइबलले “प्रभुका सेवकले झगड़ा गर्नुहुँदैन, तर सबैप्रति भला” हुनुपर्छ भनी उपयुक्‍त सल्लाह दिन्छ। (२ तिमोथी २:२४) प्रेरित पावलले मसीहीहरूलाई “कसैको बदनाम नगर्नू, कल्याहा नहुनू, सबै मानिसहरूलाई नम्र चाल देखाएर विनयी हुनू” भनी सल्लाह दिए।—तीतस ३:२.

सम्पर्क राखिराख्नुहोस्‌ र प्रेम प्रकट गर्नुहोस्‌

पहिलो पत्रुस २:१२ मा मसीहीहरूलाई यो प्रोत्साहन दिइएको छ: “अन्यजातिहरूका [बेग्लै विश्‍वास भएकाहरूको] बीचमा तिमीहरूको चालचलन असल गराओ, र जसले . . . तिमीहरूका असल कामबाट कृपादृष्टिको दिनमा तिनीहरूले परमेश्‍वरको महिमा गरून्‌।” प्रायजसो, हाम्रोजस्तै विश्‍वास नराख्ने प्रियजनहरूले बाइबल सिद्धान्तहरू हाम्रो जीवनमा लागू गर्दा भएका परिवर्तनहरू देख्छन्‌। बाइबल सत्यप्रति भावशून्य वा विरोधसमेत गरेका थुप्रैले आफ्नो मन परिवर्तन गरेको कुरा सम्झनुहोस्‌। विवाहित जोडी वा कसैको बच्चाको असल आचरणलाई वर्षौंदेखि नियाल्दै आएपछि त्यस्तो आचरण हुनुको कारण पत्ता लगाएका हुन सक्छन्‌। मानिसहरूले बाइबल सत्य नस्वीकार्नुको कारण मसीही प्रियजनले बेवास्ता गरेकोले नहोस्‌।

हो, परिस्थिति फरक-फरक हुन्छ अनि कोही-कोही मसीही साक्षीहरू आफ्नो आमाबाबुभन्दा टाढै बस्छन्‌। आफूले चाहेअनुसार तिनीहरूलाई भेट्‌न असम्भव हुन सक्छ। तर चिठी लेख्दा, टेलिफोन गर्दा वा तिनीहरूसित नियमित तवरमा सम्पर्क राख्दा प्रियजनहरू हाम्रो स्नेह पाएको कुरामा ढुक्क हुनेछन्‌। साँचो मसीही नभई अरू विश्‍वास भएका थुप्रैले आफ्ना आमाबाबु र अरू नातेदारहरूलाई प्रेम गर्छन्‌ अनि तिनीहरूसित नियमित तवरमा सम्पर्क राख्छन्‌। के मसीही साक्षीहरूले अझ बढी यसो गर्नुपर्दैन र? (g03 11/08)

[पृष्ठ २४-मा भएको चित्र]

तपाईंका प्रियजनहरूसित सम्पर्क राखिराख्दा तिनीहरू तपाईंको स्नेह पाएको कुरामा ढुक्क हुनेछन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने