प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 २/८ पृ. १२-२७
  • के तपाईंलाई थाह छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई थाह छ?
  • ब्यूँझनुहोस्‌!—२००४
  • उपशीर्षकहरू
  • (यी प्रश्‍नहरूको जवाफ तल दिइएका बाइबल उद्धरणहरूमा पाउन सकिन्छ अनि जवाफको पूरै सूची पृष्ठ २७ मा छापिएको छ। थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित “इन्साइट अन द स्क्रिप्चर्स” भन्‍ने प्रकाशन हेर्नुहोस्‌।)
  • प्रश्‍नका जवाफहरू
ब्यूँझनुहोस्‌!—२००४
g04 २/८ पृ. १२-२७

के तपाईंलाई थाह छ?

(यी प्रश्‍नहरूको जवाफ तल दिइएका बाइबल उद्धरणहरूमा पाउन सकिन्छ अनि जवाफको पूरै सूची पृष्ठ २७ मा छापिएको छ। थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित “इन्साइट अन द स्क्रिप्चर्स” भन्‍ने प्रकाशन हेर्नुहोस्‌।)

१. यहोवाले कुन कुराको कहिल्यै अन्त हुनेछैन भनेर घोषणा गर्नुभयो? (उत्पत्ति ८:२२)

२. फरिसीहरूले “न्याय र परमेश्‍वरको प्रेमलाई” बेवास्ता गरी कुन-कुन जडीबुटीहरूको दशांश दिने कुरामा नाटीकुटी गर्थे भनी येशूले भन्‍नुभयो? (लूका ११:४२)

३. येशूले आफू कसरी फर्कनेछु भन्‍नुभयो? (प्रकाश १६:१५)

४. शिमशोनले “गधाको एउटा आलो बङ्‌गरा[ले]” कति जना पलिश्‍तीलाई मारे? (न्यायकर्त्ता १५:१५)

५. यहोवा आफैले सृष्टि गर्नुभएको येशू मात्र हुनुभएकोले येशूलाई के भनिन्छ? (यूहन्‍ना ३:१८)

६. अल्छी व्यक्‍तिबारे पावलले थिस्सलोनिकीहरूलाई कस्तो आज्ञा दिए? (२ थिस्सलोनिकी ३:१०, १२)

७. “साँघुरो ढोकाबाट भित्र पस्नलाई” सबैले के गर्नै पर्छ भनेर येशूले भन्‍नुभयो? (लूका १३:२४)

८. इस्राएलको सुदूर उत्तर भनेर कुन सहर चिनियो? (१ शमूएल ३:२०)

९. हत्यारा राजा हेरोदकहाँ फर्केर नजानू भनेर येशूलाई भेट्‌न जाने ज्योतिषीहरूलाई परमेश्‍वरले कसरी चेतावनी दिनुभयो? (मत्ती २:१२)

१०. धर्मशास्त्रमा येशूको नाउँको अगाडि र पछाडि एकभन्दा धेरै पदवीहरू नराखिएका हुनाले हामी धर्मशास्त्रमा कस्ता पदवीहरूको संयोजन कहिल्यै पाउँदैनौं?

११. किन मण्डलीका निरीक्षकले “बाहिरकाहरूबाट असल नाउँ पाएका हुनुपर्छ”? (१ तिमोथी ३:७)

१२. फिलिपले एथियोपियाली नपुंसकलाई कहाँ भेट्टाए अनि सिकाए? (प्रेरित ८:२६)

१३. सबै अमालेकी तथा तिनीहरूका वस्तु भाउहरूलाई नाश गर्ने यहोवाको आज्ञा उल्लङ्‌घन गर्दा शाऊलले कस्तो सजाय पाए? (१ शमूएल १५:२३, २६)

१४. अब्राहामले किन आफ्नो जीवनको धेरैजसो समय परदेशी अनि एक अस्थायी बासिन्दा भएर बिताए? (हिब्रू ११:१०; १२:२२)

१५. पिलातसले येशूको सट्टा मुक्‍त गरेको बरब्बा कुन अपराधको दोषी थियो? (लूका २३:२५; यूहन्‍ना १८:४०)

१६. पत्रुसले निको पारेको पक्षघाती अनि “आठ वर्षदेखि . . . ओछ्यानमा पड़िरहेको” लिड्डाको त्यो पुरुषको नाउँ के थियो? (प्रेरित ९:३२-३४) (g03 12/08)

प्रश्‍नका जवाफहरू

१. “बिउ छर्ने र फसल काटने समय, ग्रीष्म र शिशिर औ दिन र रात”

२. पुदिना र आरूद

३. “चोरजस्तै”

४. १,०००

५. “परमेश्‍वरको एकमात्र पुत्र”

६. “कसैले यदि काम गर्दैन भनेता खाना पनि नखाओस्‌।” “तिनीहरू खुरूखुरू काम गरेर आफ्ना आफ्नै रोटी खाने गरून्‌”

७. “प्रयत्न गर”

८. दान

९. सपनाद्वारा

१०. “प्रभु ख्रीष्ट येशू” र “राजा ख्रीष्ट येशू”

११. ताकि तिनी “निन्दा र शैतानको पासोमा” नपरून्‌

१२. यरूशलेमबाट गाजातर्फ जाने मरूभूमिको बाटोमा

१३. यहोवाले तिनलाई “इस्राएलमाथि राजाको पदमा” रहिरहनदेखि त्याग्नुभयो

१४. किनभने तिनले “त्यही जग भएको शहर” अर्थात्‌ स्वर्गीय यरुशलेमको प्रतीक्षा गरे

१५. विद्रोह, हत्या र चोरी

१६. एनियास

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने