प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 ३/८ पृ. २९
  • हाम्रो पृथ्वी—यसको भविष्य कस्तो छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हाम्रो पृथ्वी—यसको भविष्य कस्तो छ?
  • ब्यूँझनुहोस्‌!—२००४
  • मिल्दोजुल्दो सामग्री
  • के मानिसहरूले गर्दा पृथ्वीको विनाश हुन्छ त?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • पृथ्वीलाई कसले जोगाउनेछ?
    थप लेखहरू
  • के पृथ्वीको समय सिद्धिनै लागेको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • परमेश्‍वरले पृथ्वी सधैँभरि रहिरहने प्रतिज्ञा गर्नुभएको छ
    ब्यूँझनुहोस्‌!—२०२३
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००४
g04 ३/८ पृ. २९

हाम्रो पृथ्वी—यसको भविष्य कस्तो छ?

“हजारौं वर्षदेखि मानिसजाति प्रलय अनि खडेरी जस्ता मानव नियन्त्रणभन्दा बाहिरका ‘दैवी प्रकोपदेखि’ त्रसित छन्‌। तर अझै भयावह कुरा त, आज मानिसजाति, तिनीहरू स्वयम्‌ले प्रकृतिसित खेलवाड गरेर निम्त्याएको ‘प्राकृतिक प्रकोपको’ मारमा पर्न लागेका छन्‌,” भनी क्यानाडाको ग्लोब एण्ड मेल नामक अखबार रिपोर्ट गर्छ। संयुक्‍त राष्ट्र वातावरणीय कार्यक्रम-ले (यू एन इ पी) धेरै ढिलो हुनुअघि नै वातावरणलाई हानि पुऱ्‍याउने गतिविधिहरूमा रोक लगाउने आह्वान गर्दै एउटा विस्तृत प्रतिवेदन जारी गऱ्‍यो। यू एन इ पी-का कार्यकारी निर्देशक क्लाउस टोइफर यसो भन्छन्‌: “हामीले गर्ने अथवा नगर्ने गतिविधिहरूले २०३२ भित्रमा यस अद्‌भुत नीलो ग्रहको वातावरण तथा बासिन्दालाई कस्तो असर पार्नेछ भनेर बुझ्न आज हामीसित पर्याप्त जानकारीहरू छन्‌।”

सन्‌ १९७२ मा यू एन इ पी स्थापना भएदेखि यता केही वातावरणीय प्रगतिहरू भएका छन्‌। द टोरोन्टो स्टार-मा रिपोर्ट गरिएअनुसार, “युरोप र उत्तर अमेरिकामा हावा तथा नदीका पानीको गुणस्तरमा सुधार आएको छ अनि रासायनिक उत्सर्जनहरूमा प्रतिबन्ध लगाइएको कारण ओजोन तहको क्षति केही हदसम्म रोक्न सम्भव भएको छ।” साथै, क्यानाडा, फिनल्याण्ड, नर्वे अनि संयुक्‍त राज्य अमेरिका जस्ता देशहरूमा सम्पन्‍न जङ्‌गल व्यवस्थापन कार्यक्रमहरूले “वनजङ्‌गलको अत्यधिक फँडानीले पार्ने असरलाई कम गर्ने निश्‍चित गर्दैछन्‌।” यद्यपि, यू एन इ पी-ले दिएको रिपोर्टअनुसार आर्थिक वृद्धिलाई नरोक्ने हो भने अनि पृथ्वीका अधिकांश भूभागहरू सहरमा परिणत हुने हो भने यसले वन्यजन्तु तथा जैविक विविधतामा विनाशकारी असर गर्नेछ। ग्लोब-ले यसो भन्यो: “विश्‍वका झन्डै आधा नदीहरू प्रदूषित छन्‌ अथवा नराम्ररी सुक्दैछन्‌। विश्‍व जनसंख्याको ४० प्रतिशत मानिसहरू बसोबास गर्ने ८० देशहरूमा पानीको धेरै अभाव छ।

टोइफर यस्तो विश्‍वास गर्छन्‌, “निर्णायक कदमले सकारात्मक परिणाम हासिल गर्न सक्छ।” तिनी अझै यसो भन्छन्‌, “हामीलाई ठोस योजना . . . ठोस परियोजना . . . अनि सबैभन्दा महत्त्वपूर्ण कुरा आधिकारिक घोषणाको आवश्‍यकता छ।” तर यदि विश्‍वका नेताहरूसित यस ग्रहको हितमा काम गर्ने कुनै इच्छुकता[इच्छा] नै छैन भने खै, के होला र!

ढुक्क हुनुहोस्‌, एक जना हुनुहुन्छ जसले “आधिकारिक घोषणा” गर्नुभएको छ अनि भविष्यमा “निर्णायक कदम” पनि चाल्नुहुनेछ—उहाँ यहोवा परमेश्‍वर हुनुहुन्छ। वास्तवमा उहाँले हस्तक्षेप गर्नुका साथै “पृथ्वीका नष्टकारीहरूलाई नष्ट” गर्नेछु भनेर सुस्पष्ट घोषणा गर्नुभएको छ। (प्रकाश ११:१८) यसको अतिरिक्‍त, परमेश्‍वर पृथ्वीको इकोसिस्टमलाई नविकरण गर्ने आश्‍वासन दिनुहुन्छ। मरुभूमि फक्रनेछ। (यशैया ३५:१) प्रशस्त भोजन हुनेछ। नदीहरू प्रदूषणरहित हुनेछन्‌। (भजन ७२:१६; ९८:८) परमेश्‍वरले पृथ्वीमा भएका हरेक सजीव वस्तुहरूलाई आशिष्‌ दिने ग्यारेन्टी दिनुहुन्छ।—भजन ९६:११. (g04 2/8)

[पृष्ठ २९-मा भएको चित्रको स्रोत]

NASA photo

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने