प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mrt लेख २५
  • पृथ्वीलाई कसले जोगाउनेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पृथ्वीलाई कसले जोगाउनेछ?
  • थप लेखहरू
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के मानिसको प्रयास सफल हुनेछ?
  • आशा गर्न सकिने कारण
  • के यो पृथ्वी विनाश हुनेछ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • के मानिसहरूले गर्दा पृथ्वीको विनाश हुन्छ त?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • परमेश्‍वरले पृथ्वी सधैँभरि रहिरहने प्रतिज्ञा गर्नुभएको छ
    ब्यूँझनुहोस्‌!—२०२३
  • सृष्टिकर्ताबाटको कहिल्यै नाश नहुने एउटा उपहार
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
थप लेखहरू
mrt लेख २५
एउटी सानी केटी फूलमा पानी हाल्दै छिन्‌। कलकारखानाले गर्दा वातावरण प्रदूषित भएको छ।

पृथ्वीलाई कसले जोगाउनेछ?

मानवीय गतिविधिले गर्दा पृथ्वी र यसमा भएका जीवहरूलाई पुगेको हानिबारे थुप्रै मानिस चिन्ता व्यक्‍त गर्छन्‌। केही वातावरणविद्‌अनुसार मानवीय गतिविधिले गर्दा पहिलाभन्दा तीव्र गतिमा जीवजन्तुहरू लोप हुँदै छन्‌ र पृथ्वीको जैविक विविधतामा असर पुगिरहेको छ।

के मानिसहरूले पृथ्वीलाई विनाश गर्नेछन्‌? वा के तिनीहरूले प्रकृतिलाई कुनै हानि नगरी त्यसको उपभोग गर्न सक्नेछन्‌?

के मानिसको प्रयास सफल हुनेछ?

थुप्रै विज्ञ मानिसले पृथ्वी र यसको पर्यावरणलाई संरक्षण गर्न सक्छन्‌ भन्‍ने कुरामा विश्‍वस्त छन्‌। केही अनुसन्धानकर्ताअनुसार मानिसको प्रयास सफल हुन थुप्रै क्षेत्रमा, त्यो पनि एउटै समयमा परिवर्तनहरू गरिनुपर्छ। यस्ता परिवर्तनहरूमा यी कुराहरू समावेश छन्‌:

  • जमिन, वनजङ्‌गल, सिमसार र महासागरको संरक्षण गर्ने तरिकामा सुधार ल्याउने।

  • कृषि र ऊर्जा उत्पादनमा फरक प्रणाली लागू गर्ने।

  • खानेकुरा उत्पादन र वितरण गर्ने तरिकामा परिवर्तन ल्याउने। जस्तै, अन्‍न र हरियो सागसब्जीको खपत बढाउने अनि माछामासुको खपत कम गर्ने। यसले गर्दा पर्यावरणमा सुधार आउनेछ र खानेकुरा धेरै खेर जानेछैन।

  • जीवन गुणस्तरीय बनाउन प्रशस्त भौतिक धनसम्पत्ति चाहिँदैन भनेर स्विकार्ने।

तपाईँलाई कस्तो लाग्छ? सरकार, व्यापारी र व्यक्‍तिविशेषले यसको लागि विशेष प्रयास गर्नेछन्‌ भनेर अपेक्षा गर्नु के व्यावहारिक छ? वा मानिसहरू एकदमै लोभी, स्वार्थी र अदूरदर्शी भएकोले यो असम्भव छ जस्तो लाग्छ कि?—२ तिमोथि ३:१-५.

आशा गर्न सकिने कारण

बाइबलले हाम्रो पृथ्वी विनाश हुनेछैन भनेर आश्‍वासन दिन्छ। यसमा पृथ्वीलाई जोगाउन मानव प्रयास मात्र किन पर्याप्त छैन र गर्नुपर्ने खास परिवर्तन के हो भनेर बताइएको छ। साथै यस्तो परिवर्तन कसरी गरिनेछ भनेर पनि बताइएको छ।

पृथ्वीलाई जोगाउन किन मानव प्रयास मात्र पर्याप्त छैन? यहोवाa परमेश्‍वरले पृथ्वी सृष्टि गर्नुभयो र यसको रेखदेख गर्ने जिम्मा मानिसहरूलाई दिनुभयो। (उत्पत्ति १:२८; २:१५) यो जिम्मेवारी राम्ररी पूरा गर्न तिनीहरूले सृष्टिकर्ताको डोऱ्‍याइ खोज्नुपर्थ्यो र उहाँका निर्देशनहरू पालन गर्नुपर्थ्यो। (हितोपदेश २०:२४) तर तिनीहरूले यहोवालाई तिरस्कार गरे र आफूखुसी जीवन बिताउने निर्णय गरे। (उपदेशक ७:२९) मानिससित आफ्नै बलबर्कतमा पृथ्वीको रेखदेख गर्ने क्षमता छैन। अनि तिनीहरूले जति नै प्रयास गरे पनि पूर्णतया सफल हुन सक्दैनन्‌।—हितोपदेश २१:३०; यर्मिया १०:२३.

कस्तो परिवर्तन गर्नुपर्नेछ? परमेश्‍वरले मानिसहरूलाई पृथ्वी विनाश गर्नदेखि रोक्नुहुनेछ। (प्रकाश ११:१८) उहाँले पृथ्वीलाई हानि पुऱ्‍याइरहेको सरकार र मानव समाजलाई सुधार्नुहुनेछैन। बरु नयाँ सरकार र नयाँ मानव समाज स्थापना गर्नुहुनेछ। (प्रकाश २१:१) यहोवा यस्तो घोषणा गर्नुहुन्छ: “हेर! म सबै थोक नयाँ बनाउँदै छु।”—प्रकाश २१:५.

यो परिवर्तन कसरी गरिनेछ? यहोवाले मानव सरकारहरूको सट्टामा स्वर्गीय सरकार ल्याउनुहुनेछ, जसलाई परमेश्‍वरको राज्य भनिन्छ। यस राज्यले येसु ख्रिष्टको नेतृत्वमा पृथ्वीमाथि शासन गर्नेछ।—दानिएल २:४४; मत्ति ६:१०.

परमेश्‍वरको राज्यले मानिसहरूलाई उहाँको धार्मिक स्तरअनुसार चल्न सिकाउनेछ। सृष्टिकर्तालाई चिन्दा र उहाँको डोऱ्‍याइअनुसार चल्दा मानिसहरूले प्रकृतिलाई कुनै हानि नगरी त्यसको उपभोग गर्न सक्नेछन्‌। (यसैया ११:९) परमेश्‍वरको राज्यले मानिसको जीवन गुणस्तरीय बनाउन के गर्नेछ भनेर बाइबल बताउँछ। यस राज्यले भविष्यमा निम्न कुराहरू गर्नेछ:

  • प्रशस्त खानेकुरा हुनेछ।—भजन ७२:१६.

  • प्राकृतिक स्रोतहरूलाई पहिलेकै अवस्थामा फर्काइनेछ।—यसैया ३५:१, २, ६, ७.

  • मानिसले जीवजन्तुको ख्याल राख्नेछ र जीवजन्तुले पनि मानिसलाई कुनै हानि गर्नेछैन।—यसैया ११:६-८; होसे २:१८.

  • प्राकृतिक प्रकोप हुनेछैन।—मर्कुस ४:३७-४१.

परमेश्‍वरको राज्यले चाँडै यी परिवर्तनहरू गर्नेछ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। थप जानकारीको लागि “ईश्‍वरको राज्यले कहिले पृथ्वीमा शासन थाल्नेछ?” भन्‍ने लेख पढ्‌नुहोस्‌।

a परमेश्‍वरको व्यक्‍तिगत नाम यहोवा हो।—भजन ८३:१८.

हाम्रो घर पृथ्वीको ख्याल राखेको कसरी देखाउन सक्छौँ?

परमेश्‍वरको राज्यले सबै पर्यावरणीय समस्या नहटाउन्जेल हाम्रो घर पृथ्वीको ख्याल राख्न हामी आफ्नो तर्फबाट केही प्रयास गर्न सक्छौँ। उदाहरणको लागि, हामीले कुनै पनि कुरा खेर फाल्नु हुँदैन अनि पुनःप्रयोग र पुनःप्रशोधनसम्बन्धी स्थानीय नीतिनियम पालन गर्नुपर्छ।—युहन्‍ना ६:१२, १३; रोमी १३:१, ५.

  • ब्रेट।

    ब्रेट पहिले वातावरणीय सल्लाहकारको रूपमा काम गर्थे। पृथ्वीको पर्यावरणसम्बन्धी ज्ञानले तिनलाई सृष्टिकर्ता हुनुहुन्छ र उहाँले पृथ्वीलाई जोगाउन कदम चाल्नुहुनेछ भनेर बुझ्न मदत गऱ्‍यो। तिनको अन्तरवार्ता पढ्‌नुहोस्‌।

  • दुई जना कामदार यहोवाका साक्षीहरूको विश्‍व मुख्यालयमा निर्माण भएका नयाँ भवनहरू हेर्दै छन्‌।

    यहोवाका साक्षीहरू ठूलठूला निर्माण परियोजनाहरूमा वातावरण-मैत्री विधिहरू अपनाएर सृष्टिकर्ताको आदर गरेको देखाउँछन्‌। तिनीहरूले यो कसरी गरेका छन्‌ भनेर थाह पाउन वातावरण-मैत्री डिजाइनले गर्दा यहोवाको महिमा भयो—एक झलक भन्‍ने भिडियो हेर्नुहोस्‌।

पृथ्वीसम्बन्धी बाइबल पदहरू

उत्पत्ति २:१५: “अदनको बगैँचाको गोडमेल र रेखदेख गर्न यहोवा परमेश्‍वरले मानिसलाई त्यहाँ राख्नुभयो।”

अर्थ: परमेश्‍वरले मानिसहरूलाई पृथ्वीको रेखदेख गर्ने जिम्मेवारी दिनुभयो।

उत्पत्ति १:२८: “परमेश्‍वरले तिनीहरूलाई यस्तो आशिष्‌ दिनुभयो: ‘फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ अनि पृथ्वीमाथि अधिकार गर। समुद्रका माछा, आकाशमा उड्‌ने जीवहरू र पृथ्वीमा चलहल गर्ने सबै जीवजन्तुलाई आफ्नो अधीनमा राख।’”

अर्थ: मानिसजातिलाई जीवजन्तुको हेरचाह गर्ने काम दिइएको थियो।

यसैया ४५:१८: “साँचो परमेश्‍वर यहोवा जसले आकाश रच्नुभयो, जसले पृथ्वी सृष्टि गर्नुभयो र त्यसलाई कहिल्यै नडग्नेगरि स्थिर गर्नुभयो, उहाँले व्यर्थैमा त्यो बनाउनुभएन बरु आबाद गर्नको लागि बनाउनुभयो। उहाँ यसो भन्‍नुहुन्छ: ‘म यहोवा हुँ, मबाहेक अरू कोही छैन।’”

अर्थ: पृथ्वीको लागि परमेश्‍वरको उद्देश्‍य परिवर्तन भएको छैन। मानिसजातिले पृथ्वी आबाद गर्नेछन्‌ र तिनीहरू परमेश्‍वरको सुरुको उद्देश्‍यअनुसार चल्नेछन्‌।

भजन ३७:२९: “धर्मीहरूले पृथ्वी अधिकार गर्नेछन्‌ र तिनीहरू त्यहाँ सधैँभरि रहनेछन्‌।”

अर्थ: परमेश्‍वरको धार्मिक स्तरअनुसार चल्ने मानिसहरूले पृथ्वीमा सधैँभरि बाँच्ने मौका पाउनेछन्‌।

भजन ९८:६-८: “राजा यहोवासामु जयजयकार गर। समुद्र र त्यसमा भएका सबै थोक गर्जून्‌, पृथ्वी र त्यसमा बास गर्ने सबैले प्रशंसा गरून्‌। नदीहरूले ताली बजाऊन्‌; पहाडहरू आनन्दले एकसाथ कराऊन्‌।”

अर्थ: परमेश्‍वरको शासनले पर्यावरणसम्बन्धी सबै समस्या समाधान गर्नेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने