प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq लेख १४१
  • के यो पृथ्वी विनाश हुनेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के यो पृथ्वी विनाश हुनेछ?
  • बाइबल प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • के मानिसहरूले यो पृथ्वी विनाश गर्नेछन्‌?
  • बाइबलले पृथ्वी आगोले भस्म हुनेछ भनेर सिकाउँदैन र?
  • के पृथ्वी आगोले भस्म हुनेछ?
    ब्यूँझनुहोस्‌!—१९९७
  • के यस संसारको अन्त हुँदै छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
  • पृथ्वी
    ब्यूँझनुहोस्‌!—२०१५
  • पृथ्वीलाई कसले जोगाउनेछ?
    थप लेखहरू
थप हेर्नुहोस्
बाइबल प्रश्‍नहरूको जवाफ
ijwbq लेख १४१
पृथ्वी चकनाचुर हुँदै

के यो पृथ्वी विनाश हुनेछ?

बाइबलको जवाफ

हुनेछैन। यो पृथ्वी कहिल्यै विनाश हुनेछैन, आगोले भस्म पनि हुनेछैन अथवा यसको सट्टामा अर्को पृथ्वी बन्‍नेछैन। परमेश्‍वरले मानिसहरू सधैँभरि बसून्‌ भनेर यो पृथ्वी बनाउनुभयो भनी बाइबल बताउँछ।

  • “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।”—भजन ३७:२९.

  • “त्यो कहिल्यै नडग्मगाओस्‌ भनेर [परमेश्‍वरले] पृथ्वीको जग बसाल्नुभयो।”—भजन १०४:५.

  • “पृथ्वीचाहिं सदासर्वदै रहिरहन्छ।”—उपदेशक १:४.

  • “जसले पृथ्वी रच्नुभयो र बनाउनुभयो। (उहाँले त्यो स्थिर गर्नुभयो, उहाँले त्यो व्यर्थको वस्तु सृष्टि गर्नुभएन, उहाँले त्यो आबाद गर्नलाई बनाउनुभयो।)”—यशैया ४५:१८.

के मानिसहरूले यो पृथ्वी विनाश गर्नेछन्‌?

परमेश्‍वरले मानिसहरूलाई प्रदूषण, युद्ध अथवा अरू केही कुराद्वारा यो पृथ्वी पूर्णतया विनाश गर्न दिनुहुनेछैन। बरु उहाँले “पृथ्वीका विनाशकारीहरूलाई विनाश” गर्नुहुनेछ। (प्रकाश ११:१८) उहाँले यो कुरा कसरी गर्नुहुनेछ?

परमेश्‍वरले मानव सरकारहरूलाई नाश गर्नुहुनेछ किनभने तिनीहरूले यो पृथ्वीलाई जोगाउन सकेका छैनन्‌। बरु त्यसको सट्टामा उहाँले स्वर्गीय राज्य स्थापना गर्नुहुनेछ। (दानियल २:४४; मत्ती ६:९, १०) परमेश्‍वरको छोरा येशू ख्रीष्टले यो राज्यमाथि शासन गर्नुहुनेछ। (यशैया ९:६, ७) पृथ्वीमा हुँदा येशूले आफ्नो अद्‌भुत शक्‍तिले पृथ्वीका प्राकृतिक कुराहरूलाई नियन्त्रण गर्नुभएको थियो। परमेश्‍वरको राज्यको राजाको रूपमा येशूले आफ्नो शक्‍तिले यो पूरै पृथ्वी र यसमा भएका कुराहरूलाई नियन्त्रण गर्नुहुनेछ। उहाँले यस पृथ्वीलाई नयाँ बनाउनुहुनेछ अर्थात्‌ पृथ्वीको अवस्थालाई पहिलाको अदनको बगैँचाजस्तै बनाउनुहुनेछ।—मत्ती १९:२८; लूका २३:४३.

बाइबलले पृथ्वी आगोले भस्म हुनेछ भनेर सिकाउँदैन र?

अहँ, सिकाउँदैन। दोस्रो पत्रुस ३:७ को गलत बुझाइले गर्दा अक्सर यस्तो धारणा व्यक्‍त गरिन्छ, जहाँ यस्तो लेखिएको छ: “अहिलेको आकाश र पृथ्वीलाई आगोको निम्ति साँचिएको छ।” यी शब्दहरूको अर्थ बुझ्न दुइटा महत्त्वपूर्ण बुँदाहरू विचार गरौँ:

  1. १. बाइबलमा प्रयोग गरिएको “आकाश,” “पृथ्वी” र “आगो” शब्दहरूले एउटा भन्दा धेरै कुराहरूलाई बुझाउँछ। उदाहरणको लागि, उत्पत्ति ११:१ ले यसो भन्छ: “त्यस बेला जम्मै पृथ्वीमा एउटै भाषा थियो।” यहाँ “पृथ्वी” शब्दले मानव समाजलाई बुझाउँछ।

  2. २. दोस्रो पत्रुस ३:७ को प्रसङ्‌गले आकाश, पृथ्वी र आगो शब्दहरूको अर्थ बुझ्न मदत गर्छ। पद ५ र ६ मा नूहको समयको संसार जलप्रलयद्वारा नाश भयो भनी बताइएको छ। त्यतिबेला मानिसहरूको विनाश भयो तर पृथ्वी भने रहिरह्‍यो। त्यसकारण जलप्रलयमा “पृथ्वी” नाश भयो भन्‍नुको अर्थ त्यतिबेलाका भ्रष्ट अनि हिंस्रक मानिसहरूको समाज नाश भयो भन्‍ने हो। (उत्पत्ति ६:११) अनि त्यतिबेलाको “आकाश” अर्थात्‌ मानव शासकहरू पनि नाश भए। त्यसकारण पृथ्वी नाश भएको थिएन बरु दुष्ट मानिसहरू नाश भएका थिए। नूह र तिनको परिवार त्यो विनाशबाट बच्न सके र जलप्रलयपछि पृथ्वीमा बसोबास गरे।—उत्पत्ति ८:१५-१८.

जलप्रलयको पानीले दुष्ट मानिसहरूको संसारलाई विनाश गरेझैँ दोस्रो पत्रुस ३:७ मा उल्लेख गरिएको “आगो”-ले यो पृथ्वीको होइन बरु दुष्ट मानिसहरूको संसारलाई विनाश गर्नेछ। परमेश्‍वरले “नयाँ आकाश र नयाँ पृथ्वीको” प्रतिज्ञा गर्नुभएको छ, जहाँ “न्यायले बास” गर्नेछ। (२ पत्रुस ३:१३) “नयाँ पृथ्वी” अर्थात्‌ नयाँ मानव समाजलाई “नयाँ आकाश” अर्थात्‌ नयाँ सरकारले शासन गर्नेछ। नयाँ सरकार अर्थात्‌ परमेश्‍वरको राज्यले शासन गर्दा यो पृथ्वी शान्तमय प्रमोदवन हुनेछ।—प्रकाश २१:१-४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने