प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq लेख १४३
  • के धूम्रपान गर्नु पाप हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के धूम्रपान गर्नु पाप हो?
  • बाइबल प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • गाँजा अथवा अरू लागू पदार्थको दुर्व्यसनबारे बाइबलले के भन्छ?
  • धूम्रपानलाई ईश्‍वर कुन दृष्टिले हेर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • धूम्रपान किन छोड्‌ने?
    ब्यूँझनुहोस्‌!—२०००
  • बाधाहरूको सामना गर्न तयार हुनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१०
बाइबल प्रश्‍नहरूको जवाफ
ijwbq लेख १४३
धूम्रपान गर्दै

के धूम्रपान गर्नु पाप हो?

बाइबलको जवाफ

बाइबलमा धूम्रपानa वा सुर्तीजन्य पदार्थको सेवनबारे उल्लेख गरिएको छैन। तर अस्वस्थकर र अशुद्ध बानी परमेश्‍वरलाई स्वीकार्य छैन भनेर देखाउने सिद्धान्तहरू बाइबलमा छन्‌। त्यसैले धूम्रपान गर्नु परमेश्‍वरको नजरमा पाप हो।

  • जीवनप्रतिको आदर। ‘परमेश्‍वरले सबै मानिसहरूलाई जीवन र सास दिनुहुन्छ।’ (प्रेषित १७:२४, २५) जीवन परमेश्‍वरले दिनुभएको उपहार हो। त्यसैले हाम्रो आयु घटाउने कुराहरू हामीले गर्नुहुँदैन। त्यसमा धूम्रपान पनि पर्छ। विश्‍वभरि मानिसहरूको अकालमै मृत्यु हुनुको एउटा मुख्य कारण धूम्रपान हो।

  • छिमेकीप्रतिको प्रेम। “तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।” (मत्ती २२:३९) मानिसहरूको सामु धूम्रपान गर्ने व्यक्‍तिले अरूलाई प्रेम देखाइरहेको हुँदैन। धूम्रपान नगर्नेहरूले पनि दिनहुँजसो चुरोटको धुवाँ भएको ठाउँमा बस्नुपर्दा धूम्रपान गर्नेहरूलाई लाग्ने केही रोगहरू उनीहरूलाई पनि लाग्ने सम्भावना धेरै हुन्छ।

  • पवित्र रहनुपर्ने आवश्‍यकता। “तिमीहरूले आफ्नो शरीरलाई जीवित, पवित्र अनि ग्रहणयोग्य बलिदानको रूपमा परमेश्‍वरलाई अर्पण गर।” (रोमी १२:१) “तन र मनलाई अशुद्ध पार्ने हरकिसिमका कुराहरूबाट आफूलाई शुद्ध पारौं र परमेश्‍वरको डर राख्दै पूर्णतया पवित्र होऔं।” (२ कोरिन्थी ७:१) धूम्रपान एक किसिमको दुर्व्यसन हो र यसले हामीलाई अपवित्र पार्छ। मतलब, यसले हामीलाई सफा र स्वच्छ रहन मदत गर्दैन। किनभने धूम्रपान गर्नेहरूले जानाजानी आफ्नो शरीरलाई हानि गर्ने विषाक्‍त तत्त्व लिइरहेका हुन्छन्‌।

गाँजा अथवा अरू लागू पदार्थको दुर्व्यसनबारे बाइबलले के भन्छ?

बाइबलमा गाँजा अथवा त्यस्तै अरू लागू पदार्थबारे उल्लेख गरिएको छैन। तर त्यस्तो नसालु पदार्थको दुर्व्यसन गलत हो भनेर देखाउने सिद्धान्तहरू भने दिइएको छ। माथि उल्लेख गरिएका सिद्धान्तहरूबाहेक केही थप सिद्धान्तहरू यसप्रकार छन्‌:

  • दिमागलाई नियन्त्रणमा राख्नुपर्ने आवश्‍यकता। “तिमीले यहोवा तिम्रा परमेश्‍वरलाई आफ्नो सारा दिमागले प्रेम गर्नू।” (मत्ती २२:३७, ३८) “पूर्णतया सचेत रहो।” (१ पत्रुस १:१३) लागू पदार्थको सेवन गर्ने मानिसले आफ्नो दिमागलाई पूर्णतया नियन्त्रणमा राख्न सक्दैन। अनि थुप्रै मानिसहरू लागू पदार्थको कुलतमा पनि फस्छन्‌। तिनीहरूको सोचाइ उत्थानदायी कुराहरूमा नभई कसरी लागू पदार्थ पाऊँ र खाऊँ भन्‍ने कुरामा केन्द्रित हुन्छ।—फिलिप्पी ४:८.

  • सरकारले बनाएको नियम-कानुनप्रति आज्ञाकारिता। ‘सरकार र अख्तियारवालाहरूप्रति आज्ञाकारी होऊ।’ (तीतस ३:१) थुप्रै मुलुकमा लागू पदार्थ नियन्त्रण गर्न कडा नियमहरू बनाइएका छन्‌। परमेश्‍वरलाई खुसी बनाउन चाहन्छौँ भने हामी अख्तियारवालाहरूको अधीनमा बस्नै पर्छ।—रोमी १३:१.

सुर्तीजन्य पदार्थ र तपाईँको स्वास्थ्य

विश्‍व स्वास्थ्य सङ्‌गठनले अनुमान गरेअनुसार हरेक वर्ष लगभग ६० लाख मानिसहरू सुर्तीजन्य पदार्थको सेवनद्वारा लाग्ने रोगको कारण मर्छन्‌। त्यसमध्ये ६ लाखभन्दा बढी मानिसहरू आफूले धूम्रपान नगरे पनि धूम्रपान गर्नेहरूले निकालेको धुवाँको असरको कारण मर्छन्‌। हो, सुर्तीजन्य पदार्थले ती सेवन गर्नेहरूका साथै तिनीहरूको वरिपरि हुने मानिसहरूको स्वास्थ्यलाई पनि असर गर्छ।

क्यान्सर। सुर्तीजन्य पदार्थको धुवाँमा क्यान्सर गराउने तत्त्वहरू ५० वटा भन्दा बढी हुन्छन्‌। इन्साइक्लोपीडिया ब्रिटानिका-ले बताएअनुसार “फोक्सोको क्यान्सर हुनेहरूमध्ये ९० प्रतिशत मानिसहरूलाई” सुर्तीजन्य पदार्थको धुवाँले गर्दा क्यान्सर भएको पाइएको छ। सुर्तीजन्य पदार्थको धुवाँले मुख, श्‍वासनली, अन्‍ननली, घाँटी, कलेजो, स्वरयन्त्र, प्याङ्‌क्रियाज र मूत्राशयमा पनि क्यान्सर हुन सक्छ।

श्‍वासप्रश्‍वाससम्बन्धी रोग। सुर्तीजन्य पदार्थको धुवाँले निमोनिया र इन्फ्लुएन्जाजस्ता श्‍वासप्रश्‍वाससम्बन्धी रोग लाग्ने खतरा बढाउँछ। धूम्रपान गर्नेहरूले निकालेको धुवाँमा केटाकेटीहरूले दिनहुँजसो सास फेर्नु पर्दा तिनीहरूलाई दम हुने, लामो समयसम्म खोकी लाग्ने, फोक्सोको विकास राम्ररी नहुने र फोक्सोले राम्ररी काम नगर्ने सम्भावना बढी हुन्छ।

मुटुको रोग। धूम्रपान गर्नेहरूमा मस्तिष्कघात हुने वा मुटुको रोग लाग्ने सम्भावना धेरै हुन्छ। सुर्तीजन्य पदार्थको धुवाँमा भएको कार्बन मोनोक्साइड सजिलैसँग फोक्सोबाट रक्‍तनलीसम्म पुग्छ र त्यसले रगतमा अक्सिजनको मात्रालाई कम बनाइदिन्छ। रगतमा अक्सिजन काम भएपछि मुटुले शरीरमा अक्सिजन पुऱ्‍याउन अझ धेरै काम गर्नुपर्ने हुन्छ।

गर्भावस्थामा समस्या। गर्भवती महिलाले धूम्रपान गरेमा तिनको पेटमा भएको बच्चा समय नपुग्दै जन्मने खतरा बढ्‌नुको साथै कम तौल भएको वा खुँडे ओठजस्ता जन्मजात विकार भएको बच्चा जन्मन सक्छ। यसका साथै त्यस्ता बच्चाहरूमा श्‍वासप्रश्‍वाससम्बन्धी समस्या देखा पर्न सक्छ वा तिनीहरूको आकस्मिक मृत्यु हुन सक्छ।

a धूम्रपान गर्नु भनेको आफ्नै इच्छाले चुरोट, बिंडी, सिगार, पाइप, हुक्काजस्ता सुर्तीजन्य पदार्थको धुवाँ तान्‍नु हो। तर यस लेखमा छलफल गरिएका बाइबल सिद्धान्तहरू सुर्ती, खैनी, निकोटिन भएको इलेक्ट्रोनिक चुरोट र अन्य पदार्थ सेवन गर्ने वा सुर्तीजन्य पदार्थ सुँघ्ने सन्दर्भमा पनि लागू हुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने