प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 ३/८ पृ. ३२
  • तपाईंको बच्चाले कति सिक्न सक्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंको बच्चाले कति सिक्न सक्छ?
  • ब्यूँझनुहोस्‌!—२००४
ब्यूँझनुहोस्‌!—२००४
g04 ३/८ पृ. ३२

तपाईंको बच्चाले कति सिक्न सक्छ?

बच्चाको सिक्ने क्षमताबारे वयस्कहरू अक्सर अनभिज्ञ हुन्छन्‌। यद्यपि, छोराछोरीले साधारणतया आफ्ना आमाबाबुले भन्दा छिटो नयाँ भाषा सिक्छन्‌। चार वर्षको होउन्जेलसम्ममा त कुनै-कुनै बच्चाहरूले दुई वा त्योभन्दा बढी भाषा बोल्छन्‌। गत वर्ष, बच्चाको सिक्ने क्षमताबारे शङ्‌का गर्ने संयुक्‍त राज्य अमेरिकाको वासिङ्‌टन, अबर्नकी रोन्डा नाउँकी महिलाले यस्तो लेखिन्‌: “मेरो सोचाइ एकदमै गलत थियो भनी बुझ्न मदत गर्नुभएकोमा तपाईंहरूलाई धन्यवाद छ।”

अगस्त १, १९८८ अंकको हाम्रो सहपत्रिका, वाचटावर-मा आफूले एउटा अनुभव पढेको कुरा उल्लेख गर्दै रोन्डाले यसो भनिन्‌: “पृष्ठ १३ मा साढे चार वर्ष पुगेको बच्चाकी आमाले भनेको कुरा छ। त्यहाँ तिनले बाइबलका कथाहरू भएको मेरो पुस्तक पढेर एकछिन रोकिएको बेला आफ्नो छोराले एउटै पनि शब्द नछुटाईकन कथा सुनाए भनेर बताएकी छिन्‌। बच्चाले पुस्तकको सुरुका ३३ वटा कथा अनि त्यसमा भएका ठाउँ अनि मानिसहरूको गाह्रो-गाह्रो नाउँसमेत कण्ठ गरेका थिए भनेर तिनले बताइन्‌। त्यतिखेर मलाई त्यो कुरा असम्भवजस्तो लागेको थियो। जे होस्‌, मेरो सोचाइ गलत थियो। हाल मेरो चार वर्षकी छोरी छ र उसले बाइबलका कथाहरू भएको मेरो पुस्तक-का थुप्रै कथाहरू आफै कण्ठ पारेकी छे।”

आफ्नो बच्चालाई सिक्ने प्रोत्साहन दिन तपाईंले के गर्नुभएको छ? तपाईं बाइबलका कथाहरू भएको मेरो पुस्तक-बारे थप जानकारी मगाउन सक्नुहुन्छ। यो ११६ वटा कथा भएको २५६ पृष्ठे पुस्तक हो, जसले बाइबलका घटनाहरू र मानिसहरूबारे प्रकाश पार्छ। सँगै दिइएको कुपन भर्नुहोस्‌ र यसै पत्रिकाको पृष्ठ ५ मा उल्लिखित उपयुक्‍त ठेगानामा पठाउनुहोस्‌। (g04 2/8)

□ कुनै बाध्यतामा नपरी, म बाइबलका कथाहरू भएको मेरो पुस्तक-बारे थप जानकारी प्राप्त गर्न चाहन्छु।

□ निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि कृपया मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने