प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 ९/८ पृ. ३०
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बच्चाहरूको लागि स्पा
  • अझ थुप्रै चन्द्रमाहरू पत्ता लाग्यो
  • थकान हृदयघातको लक्षण हुन सक्छ
  • ढिलो गर्ने बानीलाई तह लाउने
  • इन्टरनेट सावधान हुनु किन आवश्‍यक?
    ब्यूँझनुहोस्‌!—१९९७
  • इन्टरनेट के हो?
    ब्यूँझनुहोस्‌!—१९९७
  • के तपाईंलाई इन्टरनेट नभई हुँदैन?
    ब्यूँझनुहोस्‌!—१९९७
  • इन्टरनेट चलाउँदा बुद्धि चलाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००४
g04 ९/८ पृ. ३०

विश्‍वदर्शन

बच्चाहरूको लागि स्पा

एकदमै ससाना केटाकेटीको सु-स्वास्थ्यका लागि स्पा केन्द्रहरू जर्मनी र अन्य ठाउँहरूमा थुप्रै खुलिरहेका छन्‌ भनी फ्रांकफर्टर आल्जेमाइन सोन्टाग्सजाइटुङ रिपोर्ट गर्छ। भर्खरै चार वर्ष पुगेका बच्चाहरूलाई समेत अन्य हेरचाहको अलावा तातो तेलको मसाज र अन्य सेवाहरू दिइन्छ। कोही-कोही विशेषज्ञहरूको विचारमा यो बच्चाको स्वास्थ्य सुधार्नभन्दा पैसा कमाउने भाँडोजस्तो देखिन्छ। सामाजिक परिवर्तनहरूमाथि निगरानी राख्ने कार्यालय, ह्‍यामवर्ग अफिस अफ ट्रेन्ड्‌सका निर्देशक पिटर विपरम्यान यसो भन्छन्‌, नाफा कमाउनको लागि “साना केटाकेटीहरू वयस्कहरूको संसारमा हतार हतार घचेटिंदैछन्‌।” मेन्ज विश्‍वविद्यालयको बाल इन्स्टिच्युटका प्रमुख, डा. क्रिस्टोफ काम्पमानअनुसार एउटा चिन्ताको कुरा के हो भने, “यसले बच्चाहरूलाई आफू समाजको धनी वर्गको सदस्य हुँ भन्ठान्‍ने र आफ्नै विषयमा मात्र केन्द्रित व्यक्‍तिहरू बनाउनेछ।” बाल्यावस्थामा हुने सामान्य बिसन्चोको लागि स्पाहरूमा जानुको साटो “बच्चाहरू बाहिर खुला मैदानमा रूख चढ्‌ने र यताउता दौडिरहेका हुनुपर्ने हो” भनी उक्‍त रिपोर्ट बताउँछ। “यसले जीउको आकार बिग्रने समस्या हुन दिंदैन, खानाको रुचिलाई सही सन्तुलनमा राख्छ अनि राम्रो निद्रा दिन्छ।” (g04 8/8)

अझ थुप्रै चन्द्रमाहरू पत्ता लाग्यो

प्रविधिमा भएको विकासले गर्दा केवल छ वर्षमा हाम्रो सौर्यमण्डलमा भएका चन्द्रमाको संख्या दोब्बर भएको छ भनी मेक्सिकोको राष्ट्रिय स्वायत्त विश्‍वविद्यालयको विज्ञान पत्रिका कोमो भास-ले बतायो। सन्‌ २००३ को अन्तसम्म पत्ता लागेअनुसार सातवटा ग्रहको वरपर परिक्रमा गर्ने १३६ वटा चन्द्रमा छन्‌—त्यसमध्ये बुध र शुक्रको मात्र आफू वरपर परिक्रमा गर्ने चन्द्रमा छैन अनि खगोलविद्‌हरूले अझ बढी चन्द्रमाहरू पत्ता लाग्ने आशा गरेका छन्‌। चन्द्रमाको संख्या सबैभन्दा धेरै हुने बृहस्पति (६१), त्यसपछि शनि (३१), अरुण (२७), वरुण (१३) र मङ्‌गल (२) हुन्‌। यम र पृथ्वीको वरपर घुम्ने एउटा-एउटा चन्द्रमा छ। (g04 8/8)

थकान हृदयघातको लक्षण हुन सक्छ

एउटा अध्ययनअनुसार “असामान्य थकान अनि अनिद्रा महिलाहरूलाई हृदयघात हुन सक्ने प्रारम्भिक चेतावनी हुन सक्छ” भनी द मायामी हेरल्ड-को अन्तरराष्ट्रिय संस्करण रिपोर्ट गर्छ। यस अध्ययनमा संलग्न ३० प्रतिशत महिलाहरूले मात्र प्रारम्भिक लक्षणको रूपमा छाती दुखेको बताए भने ७१ प्रतिशतले हृदयघात हुनुभन्दा एक महिनाअघिदेखि नै असामान्य थकान महसुस गरिरहेका थिए। “यो थकानको कुनै कारणै हुँदैन र असामान्य हुन्छ” भनी चिकित्सा विज्ञानसम्बन्धी आर्कान्सा विश्‍वविद्यालयका प्राध्यापक जीन म्याकस्वीनी बताउँछिन्‌ र थप यसो भन्छिन्‌, “कोही-कोहीमा यो यति गम्भीर हुन्छ कि तन्‍ना ओछ्याउन पनि तिनीहरूले बीच-बीचमा आराम गर्नुपर्ने हुन्छ। . . . महिलाहरूको मृत्युको न. १ कारण मुटुसम्बन्धी रोग हो।” उनी भन्छिन्‌, “यी लक्षणहरू चाँडै चाल पाउन हामीले महिलाहरूलाई मदत गर्न सक्यौं भने हामी तिनीहरूलाई उपचार गराउन र हृदयघात रोक्न वा त्यसलाई पर सार्न सक्नेछौं।” (g04 8/8)

ढिलो गर्ने बानीलाई तह लाउने

इक्वेडरमा राष्ट्रिय समयनिष्ठ अभियान सुरु गरिएको छ। इकोनोमिस्ट पत्रिकाअनुसार ढिलो गर्ने बानीले गर्दा हुने असुविधाको अलावा इक्वेडरले प्रतिवर्ष ७४.२ करोड डलर बराबरको क्षति बेहोर्नुपर्छ र यो राष्ट्रको स्थानीय उत्पादनको कूल ग्राहस्थको ४.३ प्रतिशत हो। “आधाभन्दा बढीजसो सार्वजनिक कार्यक्रमहरू ढिलो सुरु हुन्छ” भनी उक्‍त रिपोर्ट बताउँछ। यो समयनिष्ठ अभियानले केही सफलता हात पारिरहेको छ। द इकोनोमिस्ट भन्छ, “ढिलो आउनेहरूलाई सभामा भित्र प्रवेश गर्न दिइँदैन अनि एउटा स्थानीय अखबारले कार्यक्रमहरूमा ढिलो आउने जनअधिकृतहरूको सूची दिनहुँ प्रकाशित गर्ने गरेको छ।” (g04 8/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने